• Tuesday, May 13, 2025

समाचार

‘सहज र सरल सेवा प्रवाह गर्नु पहिलो प्राथमिकता’

धर्बेन्द्र झा / जनकपुरधाम, माघ १८ गते । धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दहालले जनतालाई सहज र सरल तरिकाले सेवा प्रवाह गर्नु नै पहिलो प्राथमिकता भएको बताउनुभएको छ । मोरङ जिल्लावाट सरुवा भएर आइतबार धनुषा आउनुभएका प्रमुख जिल्ला अधिकारी दहालले बुधबार पत्रकारसँगको भेटघाटको क्रममा सो कुरा बताउनुभएको हो । उहाँले त्यसका लागि आफनै कार्यालयवाट सुधारको […]


बाँसबाट बनेका सामग्रीलाई बजारको माग धान्न गाह्रो

धनकुटा, माघ १७ गते । बाँसबाट बनेका विभिन्न सामग्रीले बजारको माग धान्न मुश्किल परेको छ । यस्ता सामग्रीको माग स्वदेशमा मात्र होइन, विदेशमा पनि उत्तिकै रहेको छ । शहीदभूमि गाउँपालिका–६ का ज्ञानकुमार राई बजारले माग गरेको आधा पनि बाँसबाट बनेका सामग्री आपूर्ति गर्न नसकेको बताउनुभयो । विगत २३ वर्षदेखि बाँसको काम गर्दै आउनुभएका ४० वर्षीया […]


‘राष्ट्रिय यातायात प्राधिकरण’ गठन गर्न माग

काठमाडौं, माघ १७ गते। यातायात क्षेत्रमा कार्यरत मजदुर सङ्घ सङ्गठनले यातायात क्षेत्रको सुधारका लागि राष्ट्रिय यातायात प्राधिकरण’ गठन गर्न सरकारसँग माग गरेका छन्। नेपाली कांग्रेस निकट नेपाल यातायात मजदुर संघ, नेकपा (एमाले) निकट नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन र नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल यातायात मजदुर सङ्घले मंगलबार उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री […]


राष्ट्रपति निर्वाचन : उम्मेदवार मनोनयन दर्ता फागुन १३ गते

काठमाडौं, माघ १६ गते । निर्वाचन आयोगले आगामी फागुन २५ गते राष्ट्रपतिको निर्वाचन गर्ने घोषणा गरेको छ । सोमबार निर्वाचन आयोगमा पत्रकार सम्मेलन गरी आयोगले सो जानकारी गराएको हो । त्यस्तै, आयोगले उपराष्ट्रपति पदको निर्वाचन भने चैत ३ गते गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले फागुन २५ गते बिहीबार राष्ट्रपतिको […]


राष्ट्रिय योजना आयोगमा ज्ञवाली, शाक्य र शाही नियुक्त

काठमाडौं, माघ १६ गते । सरकारले राष्ट्रिय योजना आयोगमा तीनजना सदस्य नियुक्त गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सुशील ज्ञवाली, अन्जान शाक्य र कुशेन्द्र शाहीलाई आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्ले परराष्ट्र मन्त्रालयअन्तर्गत नेपाल र बहराइन अधिराज्यका परराष्ट्र मन्त्रालयबीच दुई पक्षीय परामर्श संयन्त्र स्थापना गर्नेसम्बन्धी समझदारीपत्रमा […]


अर्थमन्त्रालयद्वारा नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रमको कार्ययोजना तयार

काठमाडौं, माघ १५ गते। अर्थमन्त्रालयले नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम कार्यान्वयनका लागि कार्ययोजना तयार पारेको छ। कार्ययोजनामा नीति तथा कार्यक्रम, क्रियाकलाप, माइलस्टोन, साधन स्रोत, समय सीमा र अनुगमन मूल्याङ्कन सूचक उल्लेख भएको अर्थमन्त्रालयले जनाएको छ। कार्ययोजनामा नीति तथा कार्यक्रम कार्यान्वयनका लागि राजस्व सङ्कलनमा प्रभावकारिता ल्याउने, राजस्व प्रणालीलाई थप प्रगतिशील बनाउने, राजस्वको दर हेरफेर गर्दा व्यावसायिक […]


महिलाको सङ्घर्षबाट हामी सरकारमा छौँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, माघ १५ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकारले एकल महिलाका माग र मुद्दा सम्बोधन गर्ने बताउँदै त्यसका लागि सामाजिक चेतना र जागरण जरुरी भएको बताउनुभएको छ । मानव अधिकारका लागि महिला समूहद्वारा आज यहाँ आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले भन्नुभयो, “तपाईँहरूको यो कार्यक्रम अन्य कार्यक्रमभन्दा पृथक् र मौलिक लाग्यो । यहाँ तपाईँहरूले […]


ललितपुर महानगरले सुरु गर्‍यो मेलमिलापसम्बन्धी तालिम

ललितपुर, माघ १४ गते । ललितपुर महानगरपालिकाले वडामा उठेका विवाद वडास्तरमा नै समाधान गर्न मेलमिलापसम्बन्धी आधारभूत तालिम सुरु गरेको छ । महानगरको न्यायिक समितिले २९ वटै वडाका ३० जनालाई प्रशिक्षार्थीलाई शुक्रबारदेखि तालिम दिन सुरु गरेको हो । यसअघि पनि महानगरले मेलमिलापसम्बन्धी तालिम सञ्चालन गरिसकेको छ । तालिमप्राप्त मेलमिलापकर्ता वडामा खोलिएको मेलमिलाप केन्द्रमा क्रियाशील छन् । […]


खुम्चियो राजश्व सङ्कलन, झण्डै आधाले गिरावट

लक्ष्मण पौडेल / भैरहवा, माघ १४ गते । भैरहवा भन्सार कार्यालयको राजश्व सङ्कलन घटेको छ । भन्सार कार्यालयको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको पुस मसान्तसम्मको तुलनामा चालु आर्थिक वर्षमा झण्डै आधाले राजश्व सङ्कलनमा गिरावट आएको हो । गत आर्थिक वर्ष २०७८–७९ को पुस मसान्तसम्म बेलहिया नाका हुँदै एक खर्ब ६२ अर्ब ९१ करोडमा मालवस्तु आयात हुँदा […]


मिडियामा पीडित पक्षको आवाज पातलियो : अध्यक्ष बस्नेत

काठमाडौँ, १३ गते । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मिडियामा पीडित पक्षको आवाजले कम स्थान पाएको र कतिपयले त थप पीडा दिने काम भएकाले त्यसलाई रोक्न सुझाव दिनुभएको छ । प्रेस काउन्सिल नेपालमा आज भएको अभिमुखीकरणको १८ औँ शृङ्खलालाई सम्बोधन गर्दै अध्यक्ष बस्नेतले पत्रकारिता क्षेत्रले समाजका समस्या उजागर गर्नुपर्नेमा त्यसो हुन नसकेको भन्दै यस […]




TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter