
जानु पाण्डे / कपिलवस्तु, माघ १३ गते । कपिलवस्तुको शिवराज नगरपालिकाले गाउँटोलमा बैकिङ शिविर सञ्चालन गरी सामाजिक सुरक्षा भत्ता बाँडन सुरु गरेको छ । नगरपालिकाले बैंकसँग समन्वय गरी दोस्रो किस्ता वापतको भत्ताबाट गाउँटोलमा वितरण गर्ने कामको सुरुवात गरेको हो । जेष्ठ नागरिक, एकल महिला तथा पूर्ण असक्त र अति असक्त अपाङ्गता भएका नागरिकलाई दिने लगायतका […]

काठमाडौं, माघ १२ गते । नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले खेल्न पाउने वा नपाउने विषयमा कानुन जानकार रहेको जनाएको छ । बिहीबार पत्रकार सम्मेलनमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले क्यानले सन्दीप टोलीमा फर्किने विषयमा नेपालको विद्यमान कानुनले जे अनुमति दिन्छ त्यही अनुसार अघि बढ्ने बताउनुभयो । अध्यक्ष चन्दले आईसीसीसँग सन्दीपको […]

शान्ता अधिकारी / चितवन, माघ ११ गते । भरतपुर –१९ शारदानगर टाउनकी इन्दिरा खनाल घिमिरे पैतृक सम्पत्ति भएर पनि त्यसको उपभोग गर्न नपाउँदा आफू समस्यामा परेको बताउनुभयो । कुखुरापालन व्यवसाय गर्दै आउनुभएका उहाँले जमिन भएर पनि नगद नभएका कारण समस्या भोग्नु परेको हो । “व्यवसाय हो कहिले घाटा हुन्छ कहिले नाफा । घाटा नाफाभन्दा पनि […]

काठमाडौं, माघ १० गते। नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले तीन वटा सरकारी वाणिज्य बैङ्क पनि मर्जर हुनुपर्ने आशय व्यक्त गर्नुभएको छ। मंगलबार राष्ट्रिय वाणिज्य बैङ्कको ५८ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले सरकारको लगानी रहेका तीन वटा वाणिज्य बैङ्क पनि आपसी छलफल गरेर मर्जरमा जानुपर्ने बताउनुभएको हो। उहाँले पछिल्लो समय निजी क्षेत्रका वाणिज्य बैङ्कको […]

काठमाडौं, माघ ९ गते । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजीगत खर्च बढाउन र चालु खर्च घटाउन मन्त्रालयका सचिवहरुलाई निर्देशन दिनुभएको छ । अर्थ मन्त्रालयमा सोमबार आयोजित देशको समग्र आर्थिक अवस्था र बजेट कार्यान्वयनका सम्बन्धमा छलफल कार्यक्रममा उपप्रधानमन्त्री पौडेलले पूँजीगत खर्च र राजस्व परिचालनको अवस्था चिन्ताजनक रहेको बताउनु भयो । राजस्व परिचानलमा कडाइका साथ प्रस्तुत […]

काठमाडौं, माघ ८ गते । मौसम विज्ञान विभागले सोमबार रातिदेखि पश्चिम नेपालबाट सुरु भएर बिहीबारसम्म काठमाडौं लगायतका क्षेत्रमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । हिमाली भेगमा भने मङ्गलबारपछि एक हप्तासम्म हिमपातको सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले जानकारी दिनुभयो । यसैगरी यसपालिको हिउँदमा बितेको ३० वर्ष यताकै सबैभन्दा कम वर्षा भएको जनाएको छ । […]

काठमाडौं, माघ ७ गते । काठमाडौं महानगरपालिकाले सञ्चालन गर्ने भनेको मोनोरेल अब सञ्चालनका लागि भौतिक संरचना नबन्ने भएको छ । महानगरको यसअघिका मेयर विद्यासुन्दर शाक्यले वार्षिक नीति तथा कार्यक्रममा मोनोरेल सञ्चालन गर्ने कुरा समावेश गरे पनि अहिलेका मेयर बालेन्द्र साहले त्यसतर्फ चासो नदिनुभएको बुझिएको छ । मेयर साहले चासो नदेखाएपछि मोनोरेलको नबन्ने भएको हो । […]

बाँके, माघ ६ गते । बाँकेका विभिन्न स्थानीय तहमा दादुराविरुद्धको खोप सञ्चालनका लागि प्रयाप्त मात्रामा खोप मौज्दात रहेको छ । नेपालगन्ज खजुरा, नरैनापुर स्थानीय तहमा दादुराबिरुद्धको खोप अभियानका लागि हालसम्म एक लाख ५ हजार जनालाई पुग्ने खोप आइपुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । ७० हजार ५०० जनालाई पुग्ने दादुरा रुबेला खोप रहेकोमा थप ३० हजार […]

काठमाडौं, माघ ५ गते । सरकारले चालु आर्थिक वर्षमा चालु खर्च घटाउनका लागि विभिन्न योजना अगाडि सारेको छ । ‘चालु खर्च घटाउने सम्बन्धी मापदण्ड, २०७९’ जारी गर्दै अर्थमन्त्रालयले केही बुँदा सार्वजनिक गरेको छ । चालु आवको बजेट वक्तव्यको बुँदा नं. ३७९ मा सरकारी निकायको चालु प्रकृतिका प्रशासनिक खर्च न्यूनतम १५ प्रतिशतले घटाउने गरी बजेट कार्यान्वयन […]

काठमाडां, माघ ४ गते । नेपाल टेलिकमले मोबाइल तथा पिएसटिएन टेलिफोन सेवा अवरुद्ध हुने समस्या दोहोरिन नदिन प्रणालीगत सुधार गर्ने भएको छ । मङ्गलबार करिब १२ बजेदेखि केही समय कम्पनीका केही उपकरणमा प्राविधिक समस्या आई छोटो अवधिका लागि मोबाइल तथा पिएसटिएन टेलिफोन सेवा अवरुद्ध हुन गएकोमा कम्पनीका प्राविधिकबाट तत्काल समाधान गरिएको जनाउँदै त्यसको प्रणालीगत सुधार […]