• Friday, May 02, 2025

लैङ्गिक हिंसा तथा सवारी दुर्घटना न्यूनीकरणका लागि सचेतना

खोटाङ, १६ असोज । सामुदायिक विकास सेवा केन्द्र खोटाङले ‘लैङ्गिक हिंसा तथा ट्राफिक नियम’ का विषयमा विद्यार्थीलाई जानकारी गराएको छ ।

केन्द्रले दिक्तेलस्थित माउण्ट एभरेस्ट बोर्डिङ स्कुलका छात्रछात्रालाई कार्यक्रममा सहभागी गराएर शुक्रबार ‘लैङ्गिक हिंसा तथा ट्राफिक नियम’ का विषयमा जानकारी गराएको हो ।

समाज हुने अशान्ति, घरेलु हिंसा, यौन दुव्र्यवहार, चेलीबेटी बेचबिखन, बहुविवाह, लैङ्गिक विभेद तथा सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम गरिएको केन्द्रका अध्यक्ष सनमान खड्काले बताउनुभयो । “भविष्यका संवाहक भनेको विद्यार्थी हुन् ।” उहाँले भन्नुभयो, “त्यसैले लैंगिक हिंसाका बारेमा विद्याथीले खुलेर विरोध गर्न सकोस् भन्ने उद्देश्यले कार्यक्रम गरेका हौँ । त्यसका साथै उनीहरुलाई ट्राफिक नियमका बारेमा समेत जानकारी गराइएको छ ।”
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले जिल्लामा हुने सबै प्रकारका घटनालाई न्यूनीकरण गर्न तत्काल प्रहरीलाई जानकारी गराउन विद्यार्थीलाई आग्रह गर्नुभएको छ । “समाजमा हुने लैङ्गिक तथा घरेलु हिंसाले कसैलाई पनि फाइदा गर्दैन ।” उहाँले भन्नुभयो, “त्यसैले त्यस्ता घटनालाई न्यूनीकरण गर्न तपाईहरुले तत्काल प्रहरीलाई खबर गर्नुहोला ।”

जिल्लामा यातायातका सवारीसाधनको बढ्दो चापलाई मध्यनजर गर्दै सवारी दुर्घटनाबाट बचाउन ट्राफिक नियमका विषयमा समेत विद्यार्थीलाई जानकारी गराइएको केन्द्रका सचिव दिलीप खत्रीले बताउनुभयो ।

जनचेतना कार्यक्रम समापनमा प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले जिल्लाको शान्ति सुरक्षामा कमी हुन नदिने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, तीनवटै सुरक्षा निकायका प्रमुख, जिल्ला शिक्षा अधिकारी, अभिभावक, पत्रकारलगायतको उपस्थिति रहेको थियो ।

जिल्लाको विभिन्न ठाउँमा जनचेतना कार्यक्रम गर्दै आएको केन्द्रले यसअघि पञ्च मावि दिक्तेलमा गरेको थियो । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter