• Wednesday, May 21, 2025

भद्रताले सिर्जिएको तनाव

sushil-koirala-cartoon-300x160योगीशकृष्ण : मित्रवर बन्धुको अनुहार हेर्दा नै तनावग्रस्त देखिन्थ्यो । रातो रातो आँखा । ठीक त्यस्तै, जब उपेन्द्र यादव राजधानी आउँदा सीमापारि भारतमा भोजनपूर्व राजेन्द्र महतोको देखिन्छ ।

सोधेँ,“बन्धु, के को तनाव हो?”

उसको उत्तर सुनेर झण्डै म तनावग्रस्त भइँन । उसले भन्यो,“म राजनीतिक तनावमा छु ।”

तनावमा त राष्टिय दा अर्थात सुशील दा छन् । यो पद छाडुँ त छाडुँ कसरी ? उनी तनावग्रस्त भए । नछोडूँ त भद्र सहमतिको कुरा छ । अर्को तनावपूर्ण कुरा के छ भने एमाओवादी नेता पुस्पकमल दाहाल पनि भद्रताको वकालत गरिरहेका छन् । उनले सिधै भनिदिए एमालेका अध्यक्ष के पी ओलीलाई प्रधानमन्त्री बनाउने सहमति भएकै हो । आफ्नो मौलिक शेलीमा उनले यो एकप्रकारको भद्र सहमति नै भएको हो भन्ने कुरा हामीलाई लागिराख्या छ, तर यसको निर्णय हाम्रो गौरवशाली पार्टीले गर्नेछ भनिदिएको भए पनि सुशील दा लगायत प्रधानमन्त्री पदातुर काङ्ग्रेसजनले भद्रतापूर्वक भन्ने अवसर पाउने थिए,“भद्र सहमति नै भएको हो भन्ने अवस्था रहेन । त्यसकारण प्रधानमन्त्री हामीले बन्न पाउनु पर्छ ।”

मित्रवर बन्धुको ठहर छ, काङ्ग्रेस भद्रहरुको पार्टी हो । अझ सुशील दा त एक दम भद्र र शालीन छन् । उनले पूर्व गृहमन्त्री खुमबहादुर खडकालाई ठूलो धनराशि सहयोग गरे । हो, उनै खुमबहादुर जो एक वर्षअघी भ्रष्टाचार गरेबापत कैद सजाय भुक्तान गरेर मुक्त भएका थिए । आम नेपालीजनताको करबाट उठेको रकम उनले सजिलै खुमबहादुरलाई दिए । आखिर खडका पनि त नेपाली जनता हुन् । आखिर जनताको पैसा जनतालाई दिए । यस अर्थमा एमाले,काङ्ग्रेस र माओवादीको भद्रता प्रतिस्पर्धा गर्न सक्छ ।

तर, सुशीलदाको भद्रता प्रति बन्धुलाई किञ्चित दुख पनि छ । ऊ भन्छ,–खोइ जयप्रकाश गुप्ता र चिरञ्जीवी वाग्लेलाई कोइराला सरकारले सहयोग गरेको ? उनीहरूप्रति अन्याय हो । उनीहरू पनि त काङ्ग्रेसबाटै मन्त्री भएका व्यक्तित्वहरू हुन् । भ्रष्टाचार गरेबापत उनीहरुले पनि सजाय पाएका छन् । यत्रोविधि योग्यता हुँदा हुँर्दै पनि उनीहरूलाई सरकारले सहयोग गरेन भने विपीको समाजवाद लागू हुन सक्दैन ।
बन्धुले आफ्नो तनावको चुरो खुल्यो,“यही अपूरो काम गर्न पनि काङ्ग्रेस सरकारमा जानु पर्छ ।”

जब सम्म काङ्ग्रेस सरकारमा जाँदैन , तबसम्म बन्धुको तनाव रहिरहने भयो भनेर म तनावग्रस्त भएँ ।

(yogiskrishna81@gmail.com)

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter