• Friday, May 02, 2025

एनआरएन साहित्यकार भगवती बस्नेतको मर्दको माया विमोचित

bhag
काठमाडौँ । एनआरएन साहित्यकार भगवती बस्नेतको तेस्रो कृति मर्दको माया कथासङ्ग्रहको भव्य कार्यक्रमका बिच आइतबार काठमाडौँमा लोकार्पण भयो ।
दायित्व वाङ्मय प्रतिष्ठानद्वारा आयोजित विमोचन कार्यक्रममा महाकवि, वरिष्ठ विद्वान् साहित्यकार डा.मोदनाथ प्रश्रितले प्रमुख आतिथिका तर्फबाट मन्तव्यका क्रममा इजरायली भूमिमा सङ्घर्ष गर्दै आएकी कथाकार भगवती बस्नेतलाई यस प्रकारको निकै गहकिलो अनुभूतिगम्य कृतिद्वारा नेपाली साहित्यमा योगदान पुर्याएको भन्दै हार्दिक बधाई तथा धन्यवाद दिनुभयो ।
त्यसैगरी शुभकामना मन्तव्यका क्रममा विशिष्ट अतिथि एवम् सशक्त कथाकार नारीरत्न माया ठकुरीले कथाकार भगवती बस्नेतका कथाले मानव हृदयलाई घत लाग्दो किसिमबाट छोएको छ भन्दै कथाकार बस्नेतको कथायात्राले निरन्तरता पाउने कुरामा विश्वास प्रकट गर्नुभयो । कार्यक्रममा नेपाली मुक्तक लेखनका क्षेत्रमा सशक्त भूमिका निर्वाह गर्दै आएकी साहित्यकार उषा शेरचनले भगवती बस्नेतका केही गजल समेत वाचन गर्दै उनमा ऊर्वर प्रतिभा रहेको कुरा बताउनुभयो । त्यस्तै अर्की वक्ता प्रा.डा.उषा ठाकुरले नारीहरू अहिल्या मात्र नभई वृन्दा समेत हुने गरेको कुरा स्मरण गराउँदै कथाकार भगवती बस्नेतका कथाले नारीवादी चिन्तनलाई अझै प्रभावकारी किसिमबाट अगि बढाउन सकून् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।
कृतिको समीक्षा व्यक्त गर्ने सन्दर्भमा समालोचक रजनी ढकालले आफू भगवतीका अतिपय मर्मस्पर्शी सन्दर्भबाट केही समय भावुक बनेको कुरा स्मरण गराउँदै कथाकार भगवतीलाई अझै अग्रगामी यात्राका लागि शक्ति प्राप्त होस् भन्ने कामना गर्नुभयो । दायित्व वाङ्मय प्रतिष्ठानका सभापति साहित्यकार रामप्रसाद पन्तको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा किस्ट कलेजका कार्यकारी निर्देशकले यस्तो कार्यक्रमको आयोजना आफ्नो कलेज परिसरमा सम्पन्न भएकामा खुसी व्यक्त गर्नुभयो भने डा.लेखप्रसाद निरौलाले स्वागत मन्तव्य प्रस्तुत गर्नुभयो । कार्यक्रमलाई साहित्यकार यादव भट्टराईले रोचक एवम् प्रभावकारी ढङ्गबाट सञ्चालन गर्नुभएको थियो । कथासङ्ग्रहमा जम्मा तेह्रओटा कथाहरू सङ्कलित छन् ।

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter