एनआरएनए नेतृत्वका लागि तीन प्रतिस्पर्धी

Shesh Ghaleकाठमाडौँ, २७ असोज । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को नयाँ नेतृत्वका लागि तीन प्रत्यासी देखिएका छन् ।

साताँै अधिवेशनबाट नयाँ कार्यसमितिका लागि अध्यक्षमा वर्तमान अध्यक्ष शेष घले, उपाध्यक्ष टिबी कार्की र पूर्व महासचिव रतनकुमार झाले उम्मदवारी दिनुभएको हो ।

निर्वाचन समितिका अनुसार उपाध्यक्ष पदमा वर्तमान उपाध्यक्ष भुवन भट्ट, कुमार पन्त, लक्ष्यबहादुर गुरुङ, खगेन्द्र जिसी, नरेन्द्रबहादुर भाट, शमशेरसिंह थापाले उम्मेदवारी दिनुभएको छ ।

यस्तै, महासचिव पदका लागि डा बद्री केसी, पुष्पराज तिमल्सिना, पुष्प थापा र रञ्जु थापा तथा सचिव पदमा अर्जुनकुमार श्रेष्ठ, धरम केसी, गणेश केसी र सुरेन्द्रबहादुर श्रेष्ठले उम्मेदवारी दिनुभएको छ ।

यसैगरी कोषाध्यक्ष पदमा भैरवप्रसाद ढकाल, चिरञ्जीवी थापा, हिक्मतबहादुर थापा, राजेन्द्र शिवाकोटी र यमकुमार गुरुङको उम्मेदवारी परेको छ ।

अध्यक्ष पदको सहमतिका लागि प्रयास भइरहेको र आज दिउँसोसम्म पनि सहमति नभए निर्वाचनबाट नयाँ कार्यसमिति चयन गरिने एनआरएनएका महासचिव कुमार पन्तले  जानकारी दिनुभयो ।

एनआरएनएको बन्दसत्र भर्खरै सकिएको छ । आज  दिउँसो १ बजे निर्वाचन हुनेछ । यसअघि अधिवेशनको एनआरएनए संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, वर्तमान अध्यक्ष शेष घले, निर्वतमान अध्यक्ष जिवा लामिछाने र पूर्व अध्यक्ष देवमान हिराचनले संयुक्त रुपमा उद्घाटन गर्दै सकेसम्म नेतृत्व सर्वसम्मत हुनुपर्नेमा जोड दिनुभएको थियो ।

राति अबेरसम्मको बन्दसत्रले संस्थाको साङ्गठनिक र आर्थिक प्रतिवेदन पारित गर्नुका साथै संस्थाका विभिन्न राष्ट्रिय समन्वय परिषद्का गतिविधिको प्रतिवेदन प्रस्तुत भई पारित भएको महासचिव पन्तले बताउनुभयो ।

एनआरएनको ७१ राष्ट्रिय समन्वय परिषद् र एक अन्तर्राष्ट्रिय समन्वय परिषद् रहेको छ । अधिवेशनले नयाँ कार्यसमिति चयन गरेपछि शुक्रबार एनआरएन विश्व सम्मेलन सुरु हुनेछ । सम्मेलनको राष्ट्रपति डा रामवरण यादवले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

सम्मेलनमा पर्यवेक्षकसहित एक हजार ५०० भन्दा बढी एनआरएन सदस्यको सहभागिता रहेको छ । आगामी असोज ३० गते काठमाडौँ घोषणापत्र जारी गर्दै सम्मेलन सकिने आयोजकले जनाएको छ । यो पटकको सम्मेलनले भूकम्पपछिको अवस्थामा नेपालमा पुनःनिर्माण र पूर्वाधार विकासमा लगानी अभिवृद्धि गर्नेगरी योजना कार्यक्रम ल्याइने बताइएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter