आवागमनमा अवरोध नहुने भारतीय आश्वासन, असन्तुष्ट पक्ष समेट्न सुझाव; उपप्रधानमन्त्री थापा

Kamal Thapa

काठमाडौँ, २ कात्तिक । उपप्रधानमन्त्री कमल थापाले नेपाल–भारतको सम्बन्धलाई सुदृढ तुल्याउन तथा नेपालले आवागमन, दैनिक उपभोग्यवस्तु र इन्धनको अभावले भोग्नुपरेको कष्ट समाधान गर्ने दिशामा आफ्नो भारत भ्रमणले महत्वपूर्ण आधार तयार गरेको बताउनुभएको छ ।

भारतीय विदेशमन्त्री सुष्मा स्वराजको निमन्त्रणामा भारतको तीनदिने भ्रमण पूरा गरी स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै परराष्ट्रमन्त्री थापाले भन्नुभयो– “म निकै आशावादी भएर फर्केको छु, यो भ्रमणबाट दुई देशबीचमा रहेको असमझदारीलाई हटाउन महत्वपूर्ण योगदान गरेको महसुस गरेको छु ।”

आवागमन, अत्यवश्यक सामग्री र इन्धनको असहजताका कारणले गर्दा जनताले भोग्नुपरेको समस्याका बारेमा भारतीय नेता र सरकारी अधिकारीसँग अत्यन्त गम्भीरताको साथ कुरा उठाएको छु, उहाँहरुले पनि नेपालको समस्याप्रति गम्भीरतापूर्वक चासो र चिन्ता व्यक्त गर्नुभएको छ, आवागमनमा भारतीय पक्षबाट कुनै पनि प्रकारको अवरोध नहुने विश्वास व्यक्त गर्नुभएको छ”–थापाले भन्नुभयो ।

वैकल्पिक नाकामा सहज तुल्याइने
नेपाल–भारत सीमामा खुलेका सबै नाकाबाट इन्धन, खाना पकाउने ग्यासलगायत सामग्री ल्याउन कुनै अवरोध नहुने आश्वासनका साथै खुलेका नाकालाई बढीभन्दा बढी प्रयोग गर्न सकिने कुरा भारतीय पक्षबाट सुझाव आएको उहाँले जानकारी दिनुभयो ।

उहाँले आवश्यक वस्तुको आपूर्तिलाई सहज तुल्याउन आवश्यक परेका खण्डमा एउटा नाका अवरुद्ध भएमा अर्काे नाकाबाट लैजान सहजीकरण गर्न सहयोग पु¥याउने विश्वास दिलाएको जानकारी दिनुभयो । भारतले नेपाललाई सहज रुपमा नाका चलेको डिपोबाट इन्धन उपलब्ध गराउने वचन समेत दिएको मन्त्री थापाले बताउनुभयो ।

मन्त्री थापाले भन्नुभयो– “भारतको तर्फबाट आपूर्ति व्यवस्थामा सहजता तुल्याउनका निमित्त कुनै पनि अवरोध हुने छैन, उपलब्ध नाकाबाट आवश्यक परिणाममा अत्यावश्यक सामग्री लैजान सक्नुहुन्छ भन्नुभएको छ, नाकामा आइपुगेका सामान ल्याउने चुनौती हाम्रो पनि हो, त्यो काम हामीले पनि गर्नुपर्छ ।”

भारतीय पक्षले नयाँ संविधानलाई सबै स्वीकार्य र सबैको साझा दस्तावेज होस् भन्नका लागि असन्तुष्ट पक्षलाई चाँडोभन्दा चाँडो समेटेर लैजान सुझाव दिएको बताउँदै उपप्रधानमन्त्री थापाले भन्नुभयो– “यसले नेपालमा हाल कायम रहेको राजनीतिक सङ्कट समाधान गर्न अनुकूल सघाउ पुग्ने उहाँहरुले धारणा व्यक्त गर्नुभएको छ ।”

भ्रमणका क्रममा परराष्ट्रमन्त्री थापाले भारतीय नेतालाई नेपालमा भएको राजनीतिक परिवर्तन र नयाँ संविधान निर्माणका बारेमा जानकारी गराउँदै संविधानमा प्रजातन्त्रका सबै खाले आधारभूत मान्यता समावेश भएको र कार्यान्वयनतर्फ उन्मुख रहेको बताउनुभएको थियो ।

आन्दोलनरत दलसँग वार्ताका लागि पहल भइरहेको, प्रधानमन्त्रीले वार्ताका लागि आह्वान गरिसकेको, पत्राचार भइरहेको, वार्ता टोली गठन भइरहेको तथा वार्ताको सम्भावना रहेको कुरा आफ्ना समकक्षीलगायत नेतालाई जानकारी गराइएको उहाँले जानकारी दिनुभयो ।

यद्यपि भारतीय नेताले नेपालले कस्तो संविधान बनाउने भन्ने बारेमा हाम्रो कुनै सिफारिस छैन, यो नितान्त नेपाली जनता, राजनीतिक दलले गर्ने निर्णय हो, संविधानमा सबैको स्वामित्व कायम हुन सकोस् जसले शान्ति, समृद्धि र राजनीतिक स्थायित्व प्रदान गरोस् भन्ने मात्र हाम्रो चाहना हो भन्ने कुरा दोहो¥याउनुभएको थियो– राप्रपा नेपालका अध्यक्ष थापाले भन्नुभयो ।

सञ्चारकर्मीको प्रश्नका जिज्ञासामा उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणका बारेमा कुराकानी हुनाका साथै भ्रमणका लागि आधार तयार गरेकाले दुवै पक्षले समयको अनुकूलता मिलाएर कूटनीतिक माध्यमबाट भ्रमणको मिति तय गर्ने जानकारी दिनुभयो ।

उहाँको भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री स्वराज, विदेश सचिव र राष्ट्रिय सुरक्षा सल्लाहकारसँग भएको भेटवार्तामा दुई देशबीचको आर्थिक, सामाजिक, सांस्कृतिकलगायत विषयमा विचारविमर्श भएको जनाइएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter