• Wednesday, April 30, 2025

खानेपानी प्रशोधनबाट भएको आम्दानीबाट स्वास्थ्य केन्द्र सञ्चालन

myagdi_districtम्याग्दी, १७ कात्तिक । म्याग्दीको पर्यटकीय घोरेपानीका स्थानीयवासीले भम्रणमा आउने पर्यटकलाई पानी बेचेर सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन गरेका छन् ।

घार–१ मा पर्ने घोरेपानी क्षेत्रको भम्रणमा आउने पर्यटक र स्थानीयवासीको स्वास्थ्य उपचार सेवा उपलब्ध गराउनका लागि प्रशोधन गरिएको खानेपानी बिक्री गरेर भएको आम्दानीबाट स्वास्थ्य केन्द्र सञ्चालन गरिएको स्थानीय टेकसर बुद्धुजा पुनले बताउनुभयो ।

स्थानीय पर्यटन व्यवसायीसमेत रहनुभएका पुनका अनुसार घोरेपानी स्वास्थ्य तथा समाज सुधार समितिद्वारा सञ्चालित कम्युनिस्ट सेफ ड्र्ङिकिङ वाटरमार्फत हुने आम्दानी स्वास्थ्य केन्द्रमा कार्यरत अनमीको तलब भक्ता, औषधि खरिदलगायतको क्षेत्रमा खर्च गरिँदै आएको छ ।

“मेसिनमार्फत प्रशोधन गरिएको पानीलाई प्रतिलिटर रु ६० मा बिक्री हुन्छ, पानीको बिक्रीबाट भएको आम्दानीबाटै स्वास्थ्यकर्मीका लागि मासिक रु १७ हजार तलब भक्ता उपलब्ध गराउँदै आएका छाँै, ” पुनले भन्नुभयो ।

“सामुदायिक स्वास्थ्य केन्द्रका लागि घोरेपानीका स्थानीयवासीकै करिब रु १० लाख लगानीमा २०६४ सालमा ५ कोठे भवन निर्माण गरिएको थियो ।

स्वास्थ्य केन्द्र सञ्चालनमा आएपछि भ्रमणमा आउने पर्यटकमा अचानक हुने विभिन्न स्वास्थ्य समस्याको उपचार गर्न सहज भएको घोरेपानी होटल व्यवस्थापन समितिका अध्यक्ष जुनु पुनले बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter