• Wednesday, April 30, 2025

नाकामा अड्किएका औषधि अन्य नाकाबाट नेपाल ल्याउने तयारी

 drugs

 

(कल्पना पौडेल)

काठमाडौँ, १ मङ्सिर । अधिकांश औषधि वीरगन्ज नाकामा अड्किएकाले त्यसलाई रानी र सुनौली भन्सार नाकाबाट नेपाल ल्याउने तयारी भइरहेको औषधि व्यवस्था सहजताका लागि बनेको सरकारी कार्यदलले जनाएको छ ।

दुई महिनादेखि जारी नाकाबन्दीका कारण औषधिका कच्चा पदार्थलगायत विभिन्न औषधि नाकामै रहेका कारण नेपालमा औषधिको अभाव भएको छ ।

कार्यदलले सामान्य अवस्थामा पनि अभाव हुने औषधिबाहेक अन्य औषधिको उपलब्धता रहेको कार्यदलका सदस्य तथा नेपाल औषधि उत्पादक सङ्घका उपाध्यक्ष दीपक दाहालले बताउनुभयो ।

बजारमा औषधिको अभावको हल्ला चले पनि केही औषधिबाहेक अन्य औषधिको अभाव भइनसकेको र चाँडै औषधि व्यवस्था सहज हुने उहाँले बताउनुभयो । नाकाबाट ‘डाइर्भट’ गरी नेपाल ल्याउने प्रक्रिया महँगो भएपनि औषधिको मूल्य भने पुरानै रहने दाहालको भनाइ छ ।

उहाँले भन्नुभयो – “केही औषधिको अभाव देखिएको छ तर, आत्तिइहाल्नुपर्ने अवस्था भने छैन । हामी औषधिको सहज उपलब्धताका लागि गम्भीर भएर लागिरहेका छौँ ।”

“बजारमा आठ औषधिको अभाव देखिएको बताउँदै उहाँले भन्नुभयो– “सत्तरी प्रतिशत औषधि नेपालमै उत्पादन हुन्छ । त्यसैले हल्ला फैलिएको जस्तो अवस्था छैन ।”

विभिन्न रोगको उपचारका लागि धेरै कम्पनीका औषधि उपलब्ध भएकाले एउटा कम्पनीको औषधिको अभाव रहे पनि अन्य कम्पनीको औषधि उपलब्ध रहेकाले जनतालाई नआत्तिन दाहालले आग्रह गर्नुभयो ।

सरकारी कार्यदलले औषधि अभाव नभएको दाबी गरे पनि कतिपय अस्पतालले औषधि अभावका कारण शल्यक्रिया सङ्ख्या कम गरेको बताउँदै आएका छन् भने बिरामीले पनि शल्यक्रियाको समय पछाडि सार्न थालेका छन् ।

कार्यदलले औषधिको अभाव नभएको र अभाव हुन नदिने भनिरहे पनि नेपाल चिकित्सक सङ्घका अध्यक्ष अञ्जनीकुमार झाले सरकारले लापर्बाही गरेका कारण औषधिको अभाव भएको आरोप लगाउनुुभयो ।

उहाँले भन्नुभयो – “सरकार कानमा तेल हालेर बसेको छ । सरकारबाट औषधिको अभाव हुन नदिन कुनै पहल नगरेका कारण बजारमा औषधि अभाव चर्किएको छ ।”

चिकित्सक सङ्घले सरकारलाई औषधि अभाव भएकाबारे पटक पटक ध्यानाकर्षण गराएको बताउँदै उहाँले परराष्ट्र मन्त्रालयमा चाँडै अन्तर्राष्ट्रिय समुदायमाझ यो समस्या राख्न पहल भइरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो– “हामी प्राविधिक कारणले रोकिएका छौँ । अन्तर्राष्ट्रिय समुदायसम्म पुग्न परराष्ट्र मन्त्रालयमा कुरा भइरहेछ । हामी पहल गर्दैछौँ ।”

नेपालकै पुरानो र ठूलो वीर अस्पतालमा शल्यक्रियाका लागि चाहिने आवश्यक औषधिको अभाव रहेको अस्पतालका निर्देशक स्वयम्प्रकाश पण्डितले बताउनुभयो ।

“प्याथोलोजीका लागि चाहिने औषधि, रगत प्याड, शल्यक्रियाका लागि चाहिने औषधि, एन्टिबायोटिकलगायतका औषधिको अभाव भएको छ” – उहाँले भन्नुभयो ।

अस्पतालले पहिलेकै मौज्दातले काम चलाइरहेको बताएको छ । तत्काल औषधिको व्यवस्था नगरे सेवा नै प्रभावित हुने अस्पताल स्रोतको भनाइ छ ।

यता, प्रसूति गृहमा पनि गर्भवती महिलाको शल्यक्रियाका लागि चाहिने औषधिको अभाव भएको प्रसूति गृहका निर्देशक डा जागेश्वर गौतमले बताउनुभयो ।

उहाँले भन्नुभयो– “पुराना औषधि रहेकाले सेवा नै रोकेका छैनाँै तर सुत्केरीको औषधि अभाव भएको छ । अन्य शल्यक्रिया रोक्न मिल्छ तर गर्भवतीको शल्यक्रिया रोक्न पनि मिल्दैन ।”

नाकाबन्दी अघिभन्दा बिरामीको सङ्ख्या कम भएकाले आजसम्म पुराना औषधिले काम चलेको भए पनि अब औषधिको कमी अत्यधिक भएको प्रसूति गृहका अस्पताल प्रशासक अमरनाथ अमात्यले बताउनुभयो । अमात्यका अनुसार मौज्दातमा रहेका औषधिले अब एकहप्ताभन्दा बढी धान्न सक्दैन ।
गर्भवतीको शल्यक्रियाका लागि चाहिने अत्यावश्यक औषधि र अक्सिजनको अभाव भएकाले अस्पतालले सरकारसँग इन्धन र औषधिको सहज उपलब्धताका लागि पटक पटक आग्रह गरिसकेको छ । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter