छोराछोरीलाई विद्यालय पुर््याउन आफैँ तम्सिए अभिभावक

children-parents

काठमाडौँ, २ मङ्सिर । भारतको अघोषित नाकाबन्दीले इन्धन आपूर्ति सहज नभएका कारण निजी विद्यालयका बसहरु चल्न छाडेपछि अभिभावक आफैँले आफ्ना छोराछोरीलाई विद्यालय पु¥याउन थालेका छन् ।

दसैँ, तिहारलगत्तै विद्यालय खुल्न थालेपनि इन्धनको समस्याका कारण विद्यार्थी विद्यालय नआइरहेको अवस्थामा अहिले अभिभावक आफैँ आफ्ना छोराछोरीलाई विद्यालयसम्म पु¥याउन तम्सिएका हुन् ।

अभिभावक सङ्घ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले भन्नुभयो, “काठमाडौँ उपत्यकाका सीमित दूरीका विद्यालयमा अहिले अभिभावक आफैँ छोराछोरीलाई पु¥याउन गइरहेको देख्न सकिन्छ । इन्धन अभावले विशेष गरी कक्षा १० का विद्यार्थीलाई धेरै असर पारेको छ । विद्यालय नजाँदा साना केटाकेटीको समेत दैनिकी अस्तव्यस्त हुँदा अभिभावक चिन्तित छन् ।”

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एनप्याब्सन) का अध्यक्ष कर्णबहादुर शाहीले सरकारले विद्यालयलाई अत्यावश्यक सेवाका रुपमा राखिनुपर्ने र कोटा प्रणालीबाट भएपनि इन्धन उपलब्ध गराई सहज वातावरणमा विद्यालय सञ्चालन गर्ने अवसर प्रदान गर्न माग गर्नुभयो ।

निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) का महासचिव डिके ढुङ्गानाले आफूहरुले सम्पूर्ण निजी विद्यालयलाई आजदेखि पूर्णरुपमा खोल्न आह्वान गरेको बताउनुभयो । शैक्षिक कोर्स पूरा गर्ने चिन्ता शिक्षक, विद्यार्थी तथा अभिभावक सबैलाई उत्तिकै रहेको बताउँदै उहाँले यसको व्यवस्थापनका लागि प्रयत्नरत रहनेमा जोड दिनुभयो ।

इन्धन अभाव, तराई आन्दोलनजस्ता कारणले विगत केही समयदेखि नेपालभरका विद्यालय नियमित सञ्चालनमा छैनन् भने काठमाडौँ उपत्यकाका करिब ४० प्रतिशत निजी विद्यालय अझै पूर्ण सञ्चालन भएका छैनन् । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter