सुन्तला, बङ्गुर र कफी कृषकलाई राष्ट्रपति पुरस्कार

parbat_districtपर्वत, ३ मङ्सिर । यहाँका तीन कृषकलाई राष्ट्रपति जिल्लास्तरीय कृषक पुरस्कारबाट बुधबार पुरस्कृत गरिएको छ ।

जिल्ला कृषि विकास कार्यालय र जिल्ला पशु सेवा कार्यालयलेपुरस्कृत गरेकामा शालिजा गाविसका सुन्तला उत्पादक नरु पाइजा, कुस्मा नगरपालिकाका बङ्गुरपालक प्रेमबहादुर गुरुङ र कार्कीनेटा गाविसका कफी उत्पादक भवानीप्रसाद शर्मा रहनुभएको छ । पुरस्कृत कृषकलाई जनही रु १० हजार, प्रमाणपत्र र दोसल्लासहित सम्मान गरिएको हो ।

पैँतीसौँ विश्व खाद्य दिवसको अवसर पारेर कृषकलाई सम्मान गरिएको हो । जिल्लाका ४९ कृषकले पुरस्कारका लागि आवेदन दिएका थिए ।

यसैगरी विश्व खाद्य दिवसकै अवसरमा आयोजित ‘कृषि र सामाजिक सुरक्षा, गरिबी घटाउने प्रतिबद्धता’ शीर्षकमा आयोजित माध्यमिक विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगिताका विजयी विद्यार्थीलाई पनि पुरस्कृत गरिएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter