• Thursday, May 22, 2025

मुक्तकमैयालाई सहयोगी बन्यो सहकारी

Haliyaभीमदत्तनगर, ३ मङ्सिर । डेढ दशकअघि यहाँका विभिन्न क्षेत्रबाट विस्थापित भएर कञ्चनपुरको झलारी–पिपलाडी नगरपालिका–९ नौखरी मुक्तकमैया शिविरमा कष्टकर जीवनयापन गरेका मुक्तकमैया परिवारमा सहकारीले सहजता ल्याइदिएको छ ।

मुक्तकमैया महिला मिलेर शिविरमा ‘नौखरी कमैया कृषि बहुउद्देश्यीय सहकारी’ सञ्चालनमा ल्याएपछि गाउँका बेरोजगार युवाले विदेसिनदेखि गाउँमा आयमूलक काम गर्न आर्थिक सहयोग पाइरहेका छन् । “कमैया मुक्त भएपछि सरकारले दिएको पाँच कट्ठा जमिनले मात्रै परिवार पाल्नसक्ने अवस्था थिएन,” सहकारी संस्थाका अध्यक्ष कलावती चौधरीले भन्नुभयो– “महिला मिलेर सानो रकम बचत गरेर हामीले आत्मनिर्भरको बाटो समातिसकेका छौँ ।”

विसं २०६६ मा सहकारी स्थापना भएपश्चात् गाउँमा मुक्तकमैया सहकारीबाट सस्तो ब्याजमा ऋण लिएर तरकारी व्यवसाय, कुखुरापालन, बङ्गुरपालन, खुद्रा व्यापार लगायतका आयमूलक काममा लागेका छन् । “हामीले गाउँमा सजिलोका लागि धान कुट्ने मिलसमेत सहकारीमार्फत सञ्चालन गर्ने तयारी गरिरहेका छौँ” चौधरीले भन्नुभयो ।

गाउँमा उत्पादित विभिन्न प्रकारको तरकारी स्थानीय झलारी बजारमा बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । सहकारीले गाउँका युवालाई रोजगारीका लागि विदेश जानसमेत लगानी गरिरहेको छ । विदेश जाने प्रतियुवालाई रु एक लाखसम्म लगानी गर्ने गरेको छ ।

“अहिलेसम्म पाँचजनाले ऋण लिएर विदेश गइसकेका छन्” उहाँले भन्नुभयो । ५८ जना सेयर सदस्यबाट सुरु गरेको सो सहकारीमा अहिले ३६६ मुक्तकमैया परिवार सदस्य रहेका छन । अध्यक्ष चौधरीका अनुसार सहकारीमा रु ११ लाख बचत छ । “सबै रकम ऋण लगानी गरेका छौँ” उहाँले भन्नुभयो ।

गाउँलेलाई आत्मनिर्भर बनाउन बङ्गुरपालन गर्ने किसानलाई रु तीन हजार ५०० सम्म लगानी गरेको सहकारीले जनाएको छ । अहिले पाँचजना किसानले रु ४०÷४० हजार लगेर व्यवासय गर्दैछन् । १२ वटा समूह गठन गरेर अहिले बचत समेत गर्न थालिएको छ ।

सहकारीअन्तर्गत १३ वटा समूहमा आवद्ध सदस्यहरुले स्वेच्छाले रु १० देखि माथि मासिक बचत गर्छन् । मुक्तकमैयाको उक्त समूहमार्फत सहकारी सञ्चालनका लागि गरिबी निवारण कोषले आर्थिक सहयोग गरेको छ । “गरिबी निवारण कोषले मुक्त हलियालाई सहयोग गर्दै आएको छ” नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए)का गरिबी निवारण कार्यक्रम संयोजक टेक बुढाले भन्नुभयो । गाउँ–गाउँमा समूह र सहकारीमार्फत कोषले लाखौँ रुपैयाँ सहयोग गर्दै आएको कार्यक्रम संयोजक बुढाले बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter