झापाका चारसय किसानलाई बगरखेतीमा आबद्ध गराइने

riverbed farmingझापा, ५ मङ्सिर । बगरमा परिणत भएको खेतीयोग्य जमिनलाई झापाका कृषकले अझै प्रयोगमा ल्याउन सकेका छैनन् ।

विरिङ, कनकाई, कमल, रतुवा, मेचीलगायतका खोलामा आएको बाढीका कारण बगरमा परिणत भएको खेतीयोग्य जमिन सिँचाइ अभावका कारण उपयोग गर्न कृषकले नसकेको जिल्ला कृषि विकास कार्यालय झापाले जनाएको छ । झापामा बगरमा परिणत भएको जमिनको क्षेत्रफल पाँच हजार हेक्टर छ । यसमध्ये १३२.६ हेक्टर क्षेत्रफलमा मात्र कृषकले बगरमा परिणत भएको जमिनमा खेती लगाउने गरेको कार्यालय प्रमुख मेघनाथ तिम्सिनाले बताउनुभयो ।

नेपालका नदी तथा खोलामध्ये ६५ वटा नदी तथा खोलामा बगरखेती लगाउन उपयुक्त भएको हेलभेटास नेपालका टोली नेता प्रसाद क्षेत्री बताउनुहुन्छ । उहाँका अनुसार नेपालको एक हजार ३०० हेक्टर क्षेत्रफल बगरमा मात्र कृषकले खेती गर्दै आएका छन् ।

यता झापामा भने गत वर्ष १६ वटा समूहले बगरमा परिणत भएको केही जमिनमा काक्रा, लौका, फर्सी, खरबुजा, करेलालगायतका बाली लगाएर रु एक करोड ७० लाख ५२ हजार ७४९ आम्दानी गरेको जिल्ला कृषि विकास कार्यालय झापाका योजना अधिकृत तथा सूचना अधिकारी शीतल भट्टराईले जानकारी दिनुभयो ।

यस वर्ष झापाका ४०० भूमिहीन किसानलाई जीविकोपार्जन सुधार र खाद्य सुरक्षा कार्यक्रमअनुरुप बगरखेतीमा आबद्ध गराई आत्मनिर्भरता उन्मुख गराइने फरवार्ड नेपालका झापा संयोजक टङ्क आचार्यले बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter