• Thursday, May 01, 2025

नेपाल–भारतबीच भएका सहमति कार्यान्वयन गर्न नेपालको जोड

Nepal and India flag

 

काठमाडौँ, । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भारत भ्रमणका अवसरमा दुई देशबीच सहमति भएका पूर्वाधारसम्बन्धी आयोजनालाई द्रुतगतिमा कार्यान्वयन गर्न जोड दिनुभएको छ ।

भारतीय अर्थमन्त्री अरुण जेट्लीको मैत्रीपूर्ण निमन्त्रणामा यही माघ २४ देखि २६ सम्म भारतको भ्रमणमा रहँदा अर्थमन्त्री पौडेलले सहमति भइसकेका आर्थिक र प्राविधिक सहायतासम्बन्धी आयोजना तथा कार्यक्रमलाई शीघ्र सम्पन्न गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

उहाँले विगतका सहमतिलाई प्रभावकारी कार्यान्वयन गर्ने र भौतिक पूर्वाधारसम्बन्धी नयाँ आयोजना प्रारम्भ गर्ने सम्बन्धमा वार्ता केन्द्रित गरिएको आज अर्थमन्त्रालयले जनाएको छ ।

अर्थमन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ– हुलाकी राजमार्गलाई आगामी पाँच वर्षभित्र दुई लेनको सडकका रुपमा निर्माण सम्पन्न गर्ने, अन्तर देशीय विद्युत् प्रसारण लाइनको निर्माण यथाशक्य छिटो सम्पन्न गर्ने, २५० मेगावाटसम्मको नयाँ जलाशययुक्त आयोजनाका लागि अनुदान उपलब्ध गराउने र एउटा ५०० मेगावाटसम्मको जलविद्युत आयोजना निर्माण गर्नका लागि सहुलियतपूर्ण ऋण उपलब्ध गराउनेजस्ता सहमति कार्यान्वयन गर्नुपर्नेमा जोड दिइयो ।

त्यसैगरी हालको वीरअस्पताललाई अत्याधुनिक सुविधासम्पन्न अस्पतालको रुपमा विकास गर्ने, नेशनल इन्स्टिच्यूट अफ टेक्नोलोजी र आठ स्थानमा पोलिटेक्निक इन्स्टिच्यूट स्थापना गर्ने, आयुर्वेद विश्वविद्यालय र शिक्षण अस्पतालको स्थापना गर्ने, पशुपति क्षेत्रको वृहत्तर गुरुयोजना बनाई कार्यान्वयन गर्ने विषयमा अर्थमन्त्री पौडेलले जोड दिनुभएको थियो ।

भ्रमणका अवसरमा अर्थमन्त्री पौडेलले भारतीय गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुस्मा स्वराज र अर्थमन्त्री अरुण जेट्लीसँग आर्थिक र प्राविधिक सहायताको विस्तारका साथै दुइपक्षीय सम्बन्धका विविध पक्षमा सौहार्दपूर्ण संवाद गर्नुभएको थियो ।

भ्रमणका अवसरमा अर्थमन्त्रीले प्रधानमन्त्री केपी ओलीको निकट भविष्यमा हुन गइरहेको भारतको भ्रमणलाई फलदायी बनाउने विषयमा पनि समकक्षी तथा उच्च सरकारी अधिकारीसँग छलफल गर्नुभयो । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter