• Wednesday, May 21, 2025

युद्धप्रसाद मिश्र स्मृति पुरस्कार सिस्नो पानी नेपाललाई

IMG_2292

भक्तपुर, ८  । यस वर्षको युद्धप्रसाद मिश्र स्मृति पुरस्कार सिस्नो पानी नेपाललाई अर्पण गरिएको छ । युद्धप्रसाद मिश्रको २५ औँ स्मृति दिवसको उपलक्ष्यमा आज आयोजित एक समारोहका बिच सिस्नो पानी नेपाललाई रु दस हजार नगद सहित सम्मान पत्र प्रदान गरिएको हो ।
वरिष्ठ प्रगतिवादी साहित्यकार मोदनाथ प्रश्रितको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा कुशल राजनीतिज्ञ एवम् पूर्व सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई समेत सम्मान प्रदान गरिएको थियो ।
कार्यक्रममा मोदनाथ प्रश्रित, लालबाबु पण्डित, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जीवेन्द्रदेव गिरी, युद्धप्रसाद मिश्र प्रतिष्ठानका निवर्तमान अध्यक्ष वासुदेव अधिकारी, सिस्नो पानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागे, स्थानीय समाजसेवी शशिजंग थापा लगायतका वक्ताहरूले युद्धप्रसाद मिश्रको योगदान र प्रगतिवादी चिन्तनका बारेमा खुलेर प्रशंसा गर्नुभएको थियो ।

सिस्नो पानीको व्यङ्ग्यात्मक प्रस्तुति र मिश्रका कविताहरूको अभिनयात्मक प्रस्तुतिका कारण कार्यक्रम निकै आकर्षण बनेको थियो । स्मृति प्रतिष्ठानका अध्यक्ष अनिल न्यौपानेको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

Related News

हार्दिक श्रद्धाञ्जली दा !

  डा‍.लेखप्रसाद निरौला । कहाँ मानवको सृष्टि ! कहाँ राष्ट्र सुधाकर ! दुवैको नित्य सम्बन्ध भै’दिए स्वर्ग मन्दिर । प्रयत्न…

काँग्रेसको क्रियाशील सदस्यता सूची वेबसाइटमा, कुल सदस्य सङ्ख्या चार लाख ७० हजार ६५५

    काठमाडौँ, ३ माघ । नेपाली काँग्रेसले क्रियाशील सदस्यको नामावली आज आफ्नो वेबसाइटमा राखेको छ । वेबसाइटमा जिल्लाअनुसार नयाँ…

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter