• Friday, May 02, 2025

दश वर्षमा आठ लेनको चक्रपथ

 chakrapath

 

काठमाडौँ, २० चैत । चक्रपथको २७ किमी सडक १० वर्षभित्रमा आठ लेनको बन्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

विसं २०७० मा सुरु भएको कलङ्की–कोटेश्वर १०.३९ किमी सडक आठ लेन बनाउने काम विसं २०७३ पुसमै सम्पन्न हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला बाँकी १७ किमी चक्रपथ पनि आठ लेन बनाउनका लागि थप सहयोग गर्न चीन सरकार सहमत भएपछि १० वर्षभित्र पुरै चक्रपथ आठ लेन बनिसक्ने मन्त्रालयका वैदेशिक महाशाखा प्रमुख विष्णु ओम वादेले राससलाई जानकारी दिनुभयो ।

चक्रपथको कलङ्की–कोटेश्वर चार वटा पक्की पुललाई आठ लेन बनाउने कार्य सुरु भएको छ । मनोहरा, वागमती र बल्खु खोलामा आठ लेन ६२ मि चौडाइका पुल निर्माण सुरु भएको हो । बल्खुमा दुई, कलङ्की र बालकुमारीमा एक÷एक पुल निर्माण गरिँदैछ ।

सडक विभागका वरिष्ठ डिभिजनल इन्जिनीयर एवम् चक्रपथ सुधार आयोजनाका प्रमुख लक्ष्मीदत्त भट्टले भन्नुभयो, “पछिल्लो समय चक्रपथ सुधार आयोजना निर्माण कार्यले गति लिएको छ, सन् २०१३ सेप्टेम्बरमा चीन सरकारसँग सम्झौता भई काम अघि बढेपनि इन्धन एवम् निर्माण सामग्रीको अभावले अहिलेसम्म ३० प्रतिशत मात्र काम भएको थियो, चार वर्षमा काम गरी सन् २०१७ जनवरीमा सक्नुपर्नेछ, सडक र पुलका लागि समेत चीन सरकारले रु पाँच अर्ब लगानी गर्दैछ ।”

तेल र निर्माण सामग्रीको अभावले निर्माण सम्पन्न गर्नुपर्ने अवधि छ महिना थप्ने गृहकार्य विभागले गरेपनि चिनियाँ ठेकेदार कम्पनीले थप समय माग गरेन । सडकमा दायाँबायाँ सर्भिस ट्र्याक, डिभाइडर, हरियाली बगैँचा गरी ६२ मि चौडाइको सडक निर्माण गर्न लागिएको हो । विसं २०२७ मा चीन सरकारकै अनुदानमा २७ किमी चार लेनको चक्रपथ निर्माण भएको थियो ।

बाँकी १७ किमी चक्रपथलाई पनि आठ लेन र ६२ मि चौडाइको बनाउन सम्भाव्यता अध्ययन गरी प्रतिवेदन चीन सरकारलाई पठाइएको पनि आयोजना प्रमुख भट्टले जानकारी दिनुभयो । बाँकी १७ किमीको काम पनि चीन सरकारले प्रतिवेदन स्वीकृत गरेपछि सुरु गर्ने तयारी भएको छ । १० वर्षभित्रमा पूरै चक्रपथमा आठ लेन, ६२ मि चौडाइ र नौ वटा आकाश पुस निर्माण हुनेछ । यसका लागि रु १३ अर्ब लाग्ने विभागको प्रारम्भिक अनुमान छ ।

चीनको सरकारी ठेकेदार कम्पनी साङ्घाई कन्स्ट्रक्सनले निर्माण गरिरहेको चक्रपथमा कामदार र परामर्शदाता पनि चिनियाँ छन् । आयोजनाले ढल, बिजुली र खानेपानीको लाइन व्यवस्थित गरी सहयोग गर्ने काम गरिरहेको विभागका उपमहानिर्देशक एवम् वैदेशिक समन्वय महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

“२७ किमी चक्रपथमा तीन वटा आकाशे पुल चीन सरकार र छ वटा आकाशे पुल सरकारले बनाउने छ, यसपछि राजधानीको यातायात व्यवस्थित हुने आशा गरिएको छ”–उहाँले भन्नुभयो । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter