• Friday, May 02, 2025

बालविवाह गराउन खोज्ने अभिभावकविरुद्ध उजुरीपछि विवाह रोकियो

Map of Jajarkotजाजरकोट, २ वैशाख । यहाँकी एक बालिकाले उमेर नपुग्दै आफ्नो विवाह गराउन खोज्ने अभिभावकविरुद्ध उजुरी दिएपछि विवाह रोकिएको छ ।

जिल्लाको मजकोट–३ की १५ वर्षीया विनिता टमाटाले स्थानीय बाल क्लब, वडा नागरिक मञ्चमा जबर्जस्ती बालविवाह गराउन खोज्ने आमाबाबाविरुद्ध उजुरी दिएपछि बुधबार विवाह रोकिएको छ । विनिताको दैलेख जगनाथ–३ का २० वर्षीय मिलन विकसँग मागीविवाह गर्न लाग्दा विवाह रोकिएको मजकोट–३ नं वडा नागरिक मञ्चका अध्यक्ष वीरबहादुर शाहीले जानकारी दिनुभयो ।

विनिताका बाबु सगते विकले एसएलसी दिएर बसेकी छोरीलाई जन्ती ल्याएर जबर्जस्ती विवाह गाउन खोजेपछि विनिताले प्रतिकार गर्दै अधिकारकर्मी गुहारेको बताउनुभयो । उमेरै नपुगी विवाह गर्न राम्रो होइन भनी छोरीले बाबुलाई भने पनि ‘म बाबु हँु तँैले भनेर हुन्छ विवाह गर्नैपर्छ राम्रो इष्ट आएका छन्’ भनी जबर्जस्ती विवाह गराउन लाग्दा इलाका प्रहरी कार्यालय पञ्चाला, बडा नागरिक मञ्च र बालसञ्जालको संयुक्त प्रयासमा विवाह रोकिएको स्थानीय पत्रकार काँसी न्यौपानेले बताउनुभयो । दुवै तर्फका अभिवावकलाई सम्झाई–बुझाई विवाह रोकिएको बालसञ्जालका अध्यक्ष भवीन्द्र थापाले बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter