• Friday, May 02, 2025

आठाँै पटक जिब्रो छेडे जुजुभाइले

jujubhai

भक्तपुर, २ वैशाख । मध्यपुरथिमि बोडेका ३५ वर्षीय जुजुभाइ बाँस श्रेष्ठले आज बोडेमा हजारौँ स्थानीयवासीका अगाडि आठौँ पटक जिब्रो छेड्नुभएको छ ।

बिस्केट जात्रामा मनाइने बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रामा २०६६ सालदेखि उहाँले जिब्रो छेड्दै आउनुभएको हो । चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाइएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार व्रत बस्नुपर्ने हुन्छ । थिमि बोडे–१ का ३५ वर्षीय जुजुभाइ ललितकलाका पनि विद्यार्थी हुनुहुन्छ ।
आज बिहानै जिब्रो छेड्ने कर्मी र नाइकेले विभिन्न देवगणको पूजा गरी जिब्रो छेड्ने जात्रा गर्न सवा २ बजे बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटीमा मञ्च बनाई नायसिं बाजागाजाका साथ जिब्रो छेडिन्छ । श्रेष्ठलाई मञ्चमा राखेर हजाराँैको अगाडि जिब्रो छेडिएको थियो ।

नकर्मीले एक महिनाअघि बनाएर तेलमा डुबाइराखेको एक बित्ता अर्थात् १० इन्च लामो सियाले देवगणको पूजा एवम् प्रार्थना गरी जिब्रो छेडिएको थियो । जिब्रो छेडेपछि चन्द्राकारको मसालजस्तो बनाइएको भ्वाय् अर्थात् महाद्वीप बोकेर टोल टोल घुम्नुभएका श्रेष्ठले पुनः भाँगु टोलमा पुगेर पाँचो गणेश मन्दिरमा जिब्रो छेडेको सुइरो निकाली महालक्ष्मी मन्दिरको भित्तामा ठोकेर घाउमा महालक्ष्मी मन्दिरको माटो झिकेर लगाउनुभएको थियो ।

जिब्राको घाउमा महालक्ष्मी मन्दिरको माटो झिकेर लाएर जिब्रो छेड्ने व्यक्तिले नाट्येश्वरको पूजा गरेपछि मात्र खानेकुरा खाने प्रचलन छ । चैत्र मसान्तमा व्रत सुरु भएपछि जुजुभाइले खाना खान नहुने, महिलालाई छुन नहुने, जुठो, सुतक परेका मान्छेसँग छुन तथा बोल्न नहुने एवम् कुकुर लगायतक जनावरलाई छुन नहुने परम्परा छ ।

किंवदन्ती अनुसार प्राचीनकालमा बोडेमा नीलबाराहीको दायाँबायाँ बस्ने ख्याक (बउचा)ले बोडेका मानिसलाई धेरै दुःख दिने गथ्र्याे । यो थाहा पाई तान्त्रिक भीमदत्त कर्माचार्यले त्यहाँ आएर तान्त्रिक विद्यानुसार बोडेभरि पासो राखिदिए । त्यसपछि उनले एक महिना कसैलाई पनि खेतमा काम गर्न नजान अनुरोध गरेपछि सो ख्याक नीलबाराहीको आँगनबाट खेतमा हेर्दा कसैलाई नदेखेपछि बोडेभित्र पस्न खोज्यो । बोडे देशमा रहेको चार दिशाका प्रवेशद्वारमध्ये पश्चिमतर्फको ढोकाबाट पस्न खोज्ने ख्याक तान्त्रिक भीमदत्तको पासोमा प¥यो । कर्माचार्यले लामो कपाल, लामो जिब्रो, डरलाग्दो पिशाच नीलबाराहीको दाहिने पाले भएको थाहा पाएपछि उसको कपाल काटे, लुगा फुकाले र लामो सियो जबर्जस्ती जिब्रोमा घुसारी भाग्न नपाओस् भनी घँुघरु बाँधिदिए ।

पिशाचको जिब्रो छेडी बलेको महाद्वीप काठको गह्रुँगो भारी बोकाएर बोडे घुमाए । कष्ट सहन नसकी पिशाचले आपूmलाई छाडिदिए जुनसुकै वाचा गर्ने बताएपछि कर्माचार्यले अब उप्रान्त बोडेमा दुःख नदिने, रोग, अनिकाल, अनावृष्टि, अतिवृष्टि, महाभूकम्प हुन नदिने, धर्मको चेष्टा बढाउने र बोडेवासीले भने झैँ सात वर्षसम्म सोही दिन जिब्रो छेड्न आउनुपर्ने वाचा गराई छाडिदिएको किंवदन्ती छ ।

एक रात सपनामा नीलबाराहीले आफ्नो द्वारपाललाई अपमान गरेकाले कर्माचार्यलाई बाँकी नराख्ने भनी आक्रोश व्यक्त गरेपछि पछुतो मान्दै उनले जिब्रो छेड्नु अगाडि क्षमा पूजा गर्ने चलन चलाए, जुन अहिलेसम्म पनि कायमै छ ।

वाचानुरूप सात पटकसम्म पिशाचको जिब्रो छेडियो र त्यसपछि ऊ नआउने भएपछि कर्माचार्यले सोहीअनुरूप बोडेवासीबाटै जिब्रो छेड्ने परम्परा बसालेको किंवदन्ती छ । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter