संविधानबारेको अनावश्यक टिप्पणी स्वीकार्य छैन – सञ्चारमन्त्री राई

serdhan

काठमाडौँ, ४ वैशाख । सूचना तथा सञ्चार मन्त्री शेरधन राईले नेपालको संविधानको विषयमा मुलुकभित्र कुनै पनि अन्योलता नभएकाले विदेशीले अनावश्यक चासो राख्नु उचित नभएको बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा मन्त्री राईले संविधानमा असहमति जनाएका तराई मधेस केन्द्रित राजनीतिक दलसमेत राजनीतिक प्रक्रियामा सहभागी भइसकेको र संविधानलाई स्वीकार गरिसकेकाले अनावश्यक टिप्पणी गरिनु जायज नहुने उल्लेख गर्नुभयो ।

विदेशी मित्रराष्ट्रका सकारात्मक सुझावलाई स्वीकार गर्न नेपाल तयार भए पनि अनावश्यक चासो, टिप्पणी र परिचर्चाको कुनै अर्थ नभएको भन्दै उहाँले संविधानको समयानुकूल संशोधन गर्न सकिने भएकाले सो प्रक्रिया अगाडि बढ्दै जाने उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणपछि दुई देशबीच रहेको केही असमझदारीसमेत हटिसकेको र नेपालको संविधानलाई ऐतिहासिक भन्दै स्वीकार गरिसकेको सन्दर्भमा अनावश्यक टिप्पणी र चर्चा जरुरी नहुने बताउनुभयो ।

मधेसवादी दलको मागअनुसार नै प्रमुख दलको सहमतिमा संविधानको पहिलो संशोधनसमेत भइसकेको र सीमाङ्कनलगायतका विषयमा समेत उच्चस्तरीय राजनीतिक समितिमार्फत आगामी छ महिनाभित्र हल गरिने जानकारी दिनुभयो ।

नेपाली काँग्रेस, मधेसवादी दलको सहमतिमा राजनीतिक समितिले काम सुरु गर्ने र वैज्ञानिक आधारमा सीमाङ्कनको विषयमा रहेको असहमतिलाई सहमतिमा रुपान्तरण गरिने मन्त्री राईको कथन थियो ।

सरकारले अधिकतम् लचकताका साथ विवादित विषयलाई हल गर्न सरकार र सत्तारुढ दल लागिपरेको स्पष्ट पार्दै उहाँले भारत र युरोपेली सङ्घले संयुक्त रुपमा जारी गरेको नेपालको संविधानसम्बन्धी वक्तव्यमा रहेको गलत टिप्पणीको समेत तत्कालै खण्डन गरिएको उल्लेख गर्नुभयो ।

पछिल्लो पटक केही मानव अधिकारवादी सङ्घसंस्थाले नेपालमा समस्या रहेको, मानवअधिकार हनन् भएको भन्दै गरेको टिप्पणी पूर्णतः गलत रहेको सञ्चारमन्त्री राईको भनाइ थियो । ‘‘नेपालको सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय स्वाभिमानको विषयमा प्रश्न उठाउने अधिकार कोही कसैलाई छैन । नराम्रो टिप्पणी गर्ने छुट छैन” – मन्त्री राईले भन्नुभयो ।

वस्तुगत धरातलमा रहेरमात्रै नेपालको अवस्थाको टिप्पणी गर्दा जायज हुने उहाँको कथन थियो । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter