शरद र विनोदले दिलाए नेपाललाई पहिलो जित

Nepal Cricketकाठमाडौँ, ४ वैशाख । नेपाली ब्याट्सम्यानद्वय शरद भेषवाकर र विनोद भण्डारीको उत्कृष्ट प्रदर्शनको मद्दतले नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिपमा पहिलो जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा शरद र विनोदले अविजित रहँदै ८४ रनको साझेदारी गरेपछि नेपालको धर्मराएको इनिङ उकासिएको थियो ।

नेपालले महत्वपूर्ण पाँचौँ विकेट गुमाएपछि सातौँ ब्याट्सम्यानका रुपमा क्रिजमा आएका विनोदले तीन छक्का र एक चौकाको मद्दतमा ४९ बल खेल्दै ४० रन बनाए ।

त्यस्तै तेस्रो ब्याट्सम्यानका रुपमा आएका शरदले ९९ बल खेल्दै तीन चौकाको सहयोगमा ५० रन जोड्दै अर्धशतक पूरा गरे ।

नामिबियाले दिएको १९६ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १७ बल बाँकी छँदै अर्थात् ४७ दशमलव १ ओभरमा पाँच विकेट गुमाएर जित निकालेको थियो ।

शरद र विनोदबाहेक नेपालका लागि कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले २१÷२१ रन बनाए । त्यसैगरी नरेश बुढाएरले १६, राजेश पुलामीमगरले ९ तथा राजु रिजालले ६ रन बनाएका थिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभर खेल्दै सबै विकेट गुमाएर १९५ रन बनाएको थियो । नामिवियाका सारेल बर्गरले सर्वाधिक ३८ रन जोडेका थिए ।

यसअघि नामिवियालाई सामान्य रनको स्कोरमा समेट्न नेपालका वसन्त रेग्मीले तीन, सोमपाल कामीले दुई तथा कप्तान पारस र सन्दीप लामिछानेले समान एक–एक विकेट लिएका थिए । त्यस्तै, नामिबियाका लागि बर्गर र गेरी स्यानम्यानले दुई÷दुई विकेट लिए पनि आफ्नो टोलीलाई जिताउन सकेनन् ।

खेलपछि नेपाली कप्तान खड्काले प्रतियोगितामै निस्किएको पहिलो जितले नयाँ वर्षमा नेपाली क्रिकेटमा नयाँ सुरुवात हुने सङ्केत गरेको बताउनुभयो । साथी खेलाडीहरुले मेहनत गरेर कठिन जित निकालेको बताउँदै उहाँले भन्नुभयो – “झट्ट हेर्दा पाँच विकेटको जित सहज जितजस्तो देखिए पनि यसका लागि धेरै लडाइँ गर्नुप¥यो ।”

खेल हेर्न उपराष्ट्रपति नन्दबहादुर पुनलगायत विशिष्ट व्यक्तिसहित करिब ३०÷४० हजार दर्शकको उपस्थिति थियो । नेपाल र नामिबियाबीचको अर्को खेल सोमबार हुनेछ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter