नेपालको सानदार जित

Nepal Cricket

काठमाडौँ, ६ वैशाख । नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नामिवियालाई आज तीन विकेटले पराजित गरेको छ ।

जितसँगै नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसीपको शीर्ष चारमा पर्ने आशा जीवितै राखेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २३९ रनको स्कोर बनाएको थियो ।

दुई सय ४० रनको विजय लक्ष्यसाथ मैदानमा उत्रिएको नेपालले कप्तान पारस खड्काको शतकीय पारीको मद्दतबाट नामिवियालाई तीन विकेटले पराजित गरेको हो । नेपालले अन्तिम एक बल बाँकी छँदा लक्ष्य भेट्टाएको हो । नेपालले सात विकेट गुमाएर २४३ रन बनाएको थियो ।

नेपालको जितमा शरद भेषवाकरले अविजित ७४, विनोद भण्डारीले १२, ज्ञानेन्द्र मल्लले २२, नरेश बुढाऐरले ६, राजेश पुलामी मगरले एक र सागर पुनले दुई रनको योगदान दिए ।

नामिवियाका लागि कप्तान स्टेफन वार्डले अर्धशतकीय पारी खेल्दै ५१ तथा जेन ग्रिनले ४७ रन बनाए । त्यस्तै, सरेल बर्गरले अविजित ४३ तथा जेपी कोट्जेले ३२ रन जोडेपछि आज बलिङतर्फ नेपालले खराब सुरुवात ग¥यो ।

नेपालले पहिलो विकेटका लागि २०.४ ओभरसम्म कुर्नुप¥यो । नेपालका लागि सन्दीप लामिछानेले दुई, वसन्त रेग्मी र शक्ति गौचनले पनि समान दुई÷दुई विकेट लिए ।

त्यसैगरी, विकेटकिपर विनोद भण्डारीले एक क्याच र एक स्टम्पिङ गराए भने शरद भेषवाकर, कप्तान पारस खड्का, सुशन भारी र नरेश बुढाऐरले एक÷एकजना नामिबियाका खेलाडीलाई रन आउट गराए ।

प्रतियोगिताअन्तर्गत तेस्रो चरणको नामिबियाविरुद्धको पहिलो खेलमा नेपालले शनिबार उत्कृष्ट प्रदर्शन गर्दै पाँच विकेटले पराजित गरेको थियो । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter