• Friday, May 02, 2025

मुस्ताङका होटल आन्तरिक पर्यटकले भरिभराउ

chanies

मुस्ताङ, ६ वैशाख । पर्यटन सिजन सुरु भएसँगै मुस्ताङका होटल आन्तरिक पर्यटकले भरिभराउ भएका छन् ।

यस वर्ष हिउँ र वर्षा कम भएका कारण चैत महिनादेखि नै पर्यटकको आवागमन बढेपछि जिल्लाका होटल अग्रिम बुकिङ हुन थालेका हुन् ।

अनुकूल मौसमका समय मुस्ताङमा पोखरा–जोमसोम हवाई मार्गबाट समेत पर्यटक भ्रमणमा जाने गरेका छन् । फागुन अन्तिम सातादेखि असोज महिनासम्म मुस्ताङ भ्रमणका लागि उपयुक्त सिजन मानिन्छ ।

माटोको सहर लोमान्थाङ, तिब्बती कला संस्कृति, मुक्तिनाथ, कागबेनी, दामोरकुण्ड र फरक भू–बनोटका कारण मुस्ताङमा यो सिजनमा हजारौँ आन्तरिक पर्यटक पुग्ने गरेका छन् ।

गत वर्ष चैत महिनासम्म पनि बेमौसमी हिमपात भएका कारण कम पर्यटक भित्रिए पनि यस वर्ष मौसमले पनि साथ दिएको मुस्ताङका पर्यटन व्यवसायी खगेन्द्र तुलाचनले बताउनु भयो ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जिल्लामा भित्रिने आन्तरिक पर्यटकको तथ्याङ्क सङ्कलन नगरे पनि बाह्य पर्यटकभन्दा दोब्बर आउने गरेको जनाएको छ ।

खासगरी पछिल्लो तीन वर्षयता नेपालीमा बिदा, चाडपर्व र विशेष अवसरमा घुम्ने संस्कृतिको विकास भएका कारण जिल्लाको पर्यटन क्षेत्र अहिले आन्तरिक पर्यटककै भरमा सञ्चालन हुँदै आएको छ ।

“नेपाली विदेशीजस्तो हरेक कुरामा बार्गेनिङ गर्दैनन्, पहिला हामी सेतो छाला गरेको मान्छेलाई मात्र पर्यटक भन्थ्यौँ”, मुस्ताङ उद्योग वाणिज्य सङ्घका अध्यक्षसमेत रहेका तुलाचनले भन्नुभयो, “तर, अहिले यहाँको अवस्था बदलिएको छ, धेरै दिन अघिदेखि नै हाम्रा होटल बुकिङ भइरहेका छन् ।” नयाँ वर्ष मनाउन र चैतेदसैँ पर्वको अवसरमा मात्रै बेनी हुँदै ११ हजार पर्यटक कागबेनी र मुक्तिनाथ पुगेको अनुमान गरिएको छ । गत वर्षको चैतेदसैँ पर्वमा विनाशकारी भूकम्पको त्रासका कारण कागबेनीमा पितृतर्पण गर्न एकदमै न्यून मात्रामा धार्मिक पर्यटक भित्रिए पनि यस वर्ष भने त्यसमा उल्लेख्य रुपमा सुधार आएको बताइएको छ । “लेतेदेखि माथि मुक्तिनाथसम्म करिब १५० होटल सञ्चालनमा छन्, चैत महिनादेखि अहिलेसम्म कुनै दिन खाली छैनन्” तुलाचनले भन्नुभयो, “एकदमै राम्रो व्यापार भइरहेको छ ।” रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter