पुनःनिर्माणसँगै अस्थायी बसोबासको व्यवस्था गरिन्छ ः गृहमन्त्री बस्नेत

shakti basnet

काठमाडौँ, ६ वैशाख । गृहमन्त्री शक्तिबहादुर बस्नेतले ढिलै भए पनि भूकम्पपीडितका लागि पुनः निर्माण महाअभियानको कार्यक्रमसँगै चाँडै अस्थायी बसोबासको व्यवस्था गरिने बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले पुनः निर्माणको कार्यक्रम सम्पन्न गर्न चार वर्षसम्म लाग्ने भएकाले बर्सात सुरु हुनुअगावै अस्थायी बसोबासको व्यवस्था गरिने जानकारी दिनुभएको हो ।

वर्तमान संविधान परिवर्तनशील र अग्रगामी भएको चर्चा गर्दै उहाँले मधेसवादी दलको केही माग पूरा भइसकको र अन्य माग पनि सहमतिकै आधारमा टुङ्ग्याउन सकिने बताउनुभयो । गृह मन्त्री बस्नेतले भएकाले आन्दोलतरत समूहलाई छलफल, संवाद र अन्तरक्रियामा सहभागी भई समस्याको समाधान खोज्न आग्रह गर्नुभयो ।

सङ्घीयताबमोजिम आन्तरिक सुरक्षासम्बन्धी कानुन तर्जुृमा भइसकेको जानकारी दिँदै गृहमन्त्री बस्नेतले सोही बमोजिम गृह प्रशासन र सुरक्षा निकायको पनि पुनःसंरचना गरिने जानकारी दिनुभयो ।रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter