• Thursday, May 01, 2025

दश माओवादीबीच एकता, यस्तो थियो, माओवादी एकताको रौनक

Maoist Unityरमेश लम्साल (काठमाडौँ), ६ जेठ । दश वर्षसम्मसँगै जनयुद्ध लडेका र मुलुकलाई क्रान्तिकारी परिवर्तनको मार्गमा डोहो¥याएका माओवादीका नेता विभिन्न समूह र घटक एकै ठाउँमा उभिएका छन् ।

दश विभिन्न माओवादी घटक एकीकृत भइरहँदा मोहन वैद्य नेतृत्वको नेकपा(क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी र हेमन्तप्रकाश ओली नेतृत्वको कम्युनिस्ट न्युक्लियसले भने एकता प्रक्रियालाई ‘नवसंशोधनवादी’को संज्ञा दिँदै वक्तव्य जारी गरेका छन् ।

एकता प्रक्रियामा सहभागी हुन नवघोषित पार्टी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सार्वजनिक रुपमा अपिल गरिहँदा वैद्यले भने वक्तव्य मार्फत एकतालाई अस्वीकार गर्नुभयो । एकीकृत नेकपा(माओवादी), नेकपा(क्रान्तिकारी माओवादी), नेकपा(माओवादी), क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेकपा(माओवादी) विद्रोही समूह, वामपन्थी मोर्चा लगायत दश घटकको एकता सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “वैद्य कमरेड आउनुस्, एकता गरौँ, विवाद भएसँगै बसेर समाधान गरौँला ।”

उहाँले वैद्यलाई मात्रै होइन नयाँ शक्ति अभियानमा लाग्नुभएका डा बाबुराम भट्टराईलाई पनि बुर्जुवाहरु बोकेर नहिँड्न र एकता प्रक्रियामा आउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “आजै यसै मञ्चबाट बाबुरामजीलाई पनि एकतामा आउन आग्रह गर्दछु । उहाँ अलग्गै रहेर सुख पाउने स्थिति छैन, नयाँ शक्ति छाड्नुहोस् र नयाँ माओवादीमा आउनुहोस् ।”

जनयुद्धका समयमा क्रान्तिकारी जनपरिषद्को संयोजक रहनुभएका डा भट्टराईले जेसुकै भने पनि छुट नपाउने बताउँदै अध्यक्ष दाहालले भन्नुभयो, “बाबुरामको आदेशमा मारिएका सहिद परिवारलाई तपाईँ के उत्तर दिनुहुन्छ ? आउनुस्, सँगै बसेर उत्तर खोजौँ ।”

आज बिहानैदेखि बसेको माओवादी घटकको संयुक्त अधिवेशनले पार्टीको नयाँ नाम जुरायो । घोषणासभामा रामबहादुर थापाले नयाँ पार्टीको घोषणा गर्न अध्यक्ष दाहाललाई आग्रह गर्दा हल तालीले गुञ्जायमान भएको थियो ।

शान्ति प्रक्रिया र संविधान लेखनको विषयमा फरक मत राख्दै विसं २०६९ असारमा एकीकृत नेकपा(माओवादी)बाट विभाजित माओवादीको ठूलो समूह एकता प्रक्रिया सहभागी भएको थियो ।

यस्तै २०७१ मङ्सिर ८ गते बुद्धनगरमा गएर नेत्रविक्रम चन्द र खड्गबहादुर विकले आफूहरुले वैद्य नेतृत्वको माओवादीसँग सम्बन्धविच्छेद गरेको भन्दै वैद्य र महासचिव थापालाई लिखितपत्र प्रदान गर्नुभएको थियो । विसं २०७२ कात्तिक २२ गते वैद्य नेतृत्वको नेकपा–माओवादी र परी थापा नेतृत्वको नेकपा(एकीकृत)बीच पार्टी एकता गरियो र नाम नेकपा(क्रान्तिकारी माओवादी) बनाइयो ।

एकता प्रक्रियाका विषयमा बोलाइएको सो पार्टीको केन्द्रीय समितिको बैठकले कुनै निर्णय नगरेपछि नेकपा(क्रान्तिकारी माओवादी)का महासचिव थापासहित १२४ जना नेताले जेठ १ गते एमाओवादीसँग एकताको औपचारिक निर्णय ग¥यो, जुन आज आएर एकता प्रक्रियामा रुपान्तरित भएको छ ।

नेकपा(चौम), नेकपा(मशाल),नेकपा (चौथो महाधिवेशन), नेकपा(एकता केन्द्र), नेकपा(माओवादी), एकीकृत नेकपा(माओवादी) हुँदै अहिले नेकपा माओवादी केन्द्रमा रुपान्तरित भएको छ । दशवर्षीय जनयुद्धका सहयात्री वैद्य, चन्द र डा भट्टराई हाल पनि फरक पार्टीमा छन् ।

जम्बो केन्द्रीय समिति

नवघोषित पार्टीको केन्द्रीय समिति ६९९ रहने जनाइएको छ । सबै केन्द्रीय सदस्यलाई गाउँ गाउँमा पठाएर सङ्गठन सुदृढीकरण गरिने र जनतालाई फेरि एकताबद्ध र सङ्गठित गरिने अध्यक्ष दाहालको भनाइ छ ।

तर घोषणासभामा पार्टीको पदाधिकारी नाम भने घोषणा गरिएन । सम्बद्ध पक्षका अनुसार उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ, महासचिवमा थापा, उपमहासचिवमा कृष्णबहादुर महरा, सचिवमा टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेल, देवप्रसाद गुरुङ, पम्फा भुसाल लगायत रहनुहुनेछ । केन्द्रीय समितिका आधारमा पदाधिकारीको सङ्ख्या पनि बढ्ने जनाइएको छ ।

‘सहिद परिवारले रुनु पर्दैन’

एकता घोषणासभामा भावुक देखिनु भएका अध्यक्ष दाहालले माओवादी विभिन्न टुक्रामा विभक्त हुँदा असाध्यै पीडामा रहेका सहिद परिवार, बेपत्ता योद्धाका परिवारले अब रुनु नपर्ने बताउनुभयो । पार्टी विभिन्न टुक्रामा विभक्त हुँदा सहिद परिवार, घाइते र अपाङ्गता भएका परिवारमा ठूलो पीडा भएको भन्दै उहाँले आफूहरु आँशु पुछ्न घरदैलामा नै आउने वाचा गर्नुभयो ।

एक वर्षभित्र महाधिवेशन

एकीकृत पार्टीको आगामी एक वर्षभित्र महाधिवेशन गरिने जनाइएको छ । महाधिवेशन आयोजक समितिको संयुक्त बैठकले नयाँ जनवादी क्रान्तिलाई पूर्णताः दिएर समाजवादी क्रान्ति गर्ने नयाँ कार्यनीति पारित गरेको छ । बाँकी जनाअधिकार पूरा गराउन सदन, सडक र सरकारबाट सङ्घर्ष गर्ने कार्यनीति पारित गरिएको अध्यक्ष दाहालले जानकारी दिनुभयो । “नयाँ पार्टीले पुरानो कार्यशैली अपनाउँदैन, जनताको दुखमा साथ दिन्छ”– उहाँको भनाइ थियो । घोषणासभामा सहभागी माओवादीका कार्यकर्ता एकआपसमा खुसी साटिरहेका थिए । सभामा गायक तथा सङ्गीतकार चेतन सापकोटाको गीतले भनिरहेको थियो, “साथीहरु हो, क्रान्ति अझै बाँकी छ, मिल्नुको विकल्प छैन ।” रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter