• Wednesday, May 21, 2025

‘नेपाल फराकिलो मन भएको देश हो’–प्रम ओली

IMG_2545[1]

काठमाडौँ, ९ जेठ । ‘युगकवि सिद्धिचरण पुरस्कार २०७३’बाट सिक्किमका मुख्यमन्त्री तथा साहित्यकार पवन चाम्लिङ (किरण)लाई सम्मान गरिएको छ ।
आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले चाम्लिङका प्रतिनिधि वीरु वाङ्देललाई रु एक लाख नगदसहित प्रमाणपत्र प्रदान गर्नुभयो ।
युगकवि सिद्धिचरण श्रेष्ठको १०५ औं जन्मजयन्तीका अवसरमा सिद्धिचरण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले छिमेकी देशको मुख्यमन्त्री पुरस्कृत भएपछि ‘नेपाल फराकिलो मन भएको देश हो’ भन्ने विश्वमाझ पुष्टी भएको बताउनुभयो ।
चाम्लिङलाई नेपाली नागरिकता नभएको नेपाली भाषाको अनुरागीको संज्ञा दिँदै उहाँले भन्नुभयो, “पवन चाम्लिङसँग नेपाली नागरिकता छैन, जो सधैँ नेपालबाहिर बस्नुहुन्छ, तर उहाँ नेपाली भाषा, संस्कृतिप्रति लगाव राख्नुहुन्छ ।”
प्रधानमन्त्री ओलीले युगकवि श्रेष्ठ आफू जन्मनुभन्दा अघि नै जेलमा पर्नुभएको प्रसङ्ग कोट्याउँदै भन्नुभयो, “उहाँ न्यायको लागि लडेर जेल पर्दा मेरो जन्म पनि भएको थिएन, त्यसैले म आफूलाई उहाँको सामान्य चेलो मान्छु ।”
चाम्लिङका प्रतिनिधि वाङ्देलले ‘नेपाल र सिक्किमको भूगोल फरक भएपनि हामी एउटै संस्कृतिका सजातीय मानिस हौँ’ भन्नुभयो । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter