मुद्दा फछ्र्योट उत्साहजनक छ : प्रधानन्यायाधीश

CJ Karkiकाठमाडौँ, ११ साउन । प्रधानन्यायाधीश सुशीला कार्कीले विषम परिस्थितिमा पनि उत्साहजनक ढङ्गले मुद्दा फछ्र्योट गर्न सफल भएको बताउनुभएको छ ।

सर्वोच्च अदातलले सोमबारदेखि सुरु गरेको सर्वोच्च अदालतल र पुनरावेदन अदालतका मुख्य न्यायाधीशबीच न्यायपालिकाको वार्षिक कार्यप्रगति समीक्षाको समापनमा उहाँले विषम परिस्थितिमा पनि उत्साहजनक ढङ्ले अदालतले गरेका कामप्रति खुसी व्यक्त गर्नुभयो ।

प्रधानन्यायाधीश कार्कीले न्यायपालिकाको रणनीतिक योजनाको प्रभावकारी कार्यान्वयन गर्न सफल भएकामा धन्यवाद दिँदै अदालतको सेवा प्रवाहमा प्रभावकारीता ल्याई न्यायमा सहज पहुँचको सुनिश्चित गर्न आग्रह गर्नुभयो ।

उहाँले अघिल्लो आवमा सम्पन्न भएका राम्रा कामलाई निरन्तरता दिन र गतवर्ष सम्पन्न गर्न नसकिएका काम चालु आवमा थप उत्साहका साथ सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।

समीक्षाका क्रममा सर्वोच्च अदालत तथा देशभरका पुनरावेदन र मातहात जिल्ला अदालतको कार्यप्रगति प्रस्तुतीकरण तथा छलफल भएको थियो ।

एक वर्षको कार्य समीक्षामा अधिकांश अदालतले योजनाले निर्धारण गरेबमोजिम लक्ष्य हासिल गर्न सफल भएको देखिएको सर्वोच्च अदालतका प्रवक्ता नहकुल सुवेदीले जानकारी दिनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter