• Friday, May 02, 2025

प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री निर्बाचित; प्रधानमन्त्रीको सपथग्रहण भोलि

Pushpa-Kamal-Dahal2काठमाडौँ, १९ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । बुधबार व्यवस्थापिका संसदमा भएको मतदानमा बहुमत सदस्यको समर्थनका साथ निर्वाचित भएका हुन् ।

प्रधानमन्त्रीको लागि भएको निर्वाचनमा खसेको कूल ५७३ मत मा प्रचण्डको पक्षमा ३६३र विपक्षमा २१० मत खसेको थियो । मतपरिणाम सुनाउँदै सभामुख ओनसरी घर्तीले प्रधानमन्त्रीमा प्रचण्ड निर्वाचित भएको संसदलाई जानकारी दिइन् ।

नयाँ प्रधानमन्त्री चयनका लागि एमालेले कुनै उम्ममेद्वार खडा नगरेपछि प्रचण्ड एक्ला उम्मेद्वार बनेका थिए ।

प्रचण्डको उम्मेदवारीमा नेपाली काँग्रेका सभापति शेरबहादुर देउवा प्रस्तावक रहेका थिए भने संसद्का अन्य १६ दलका नेताले समर्थन जनाएका थिए ।

प्रचण्डलाई भोट हाल्ने दलहरुमा काँग्रेसका २०७, माओवादी केन्द्रका ८१, सङ्घीय समाजवादीका १५, फोरम (लोकतान्त्रिक)का १४, राप्रपाका १२, तमलोपाका ११, सद्भावना पार्टीका पाँच, नेकपा (संयुक्त) तीन, थरुहट तराई पार्टी दुई, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटका एक, समाजवादी जनता पार्टी एक, नेपाली जनता दल एक, खुम्बुवान राष्ट्रिय मोर्चा एक, अखण्ड नेपाल पार्टी एक, दलित जनजाति पार्टी एक, जनजागरण पार्टी एक र स्वतन्त्र सांसद रहेका छन् । यस्तै परिवार दललगायतका केहि एक सिट दलले पनि प्रचण्डको पक्षमा मतदान गरे । संसदमा एमाले र राप्रपा नेपालसहितका साना दलहरुले भने विपक्षमा मतदान गरे ।

प्रधानमन्त्रीको सपथग्रहण भोलि

नव निर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनियताको सपथ भोलि बिहीबार लिने भएका छन् ।

बिहीबार अपरान्ह तीन बज राष्ट्रपति भवन शितल निवासमासपथ ग्रहणको समय तय भएको प्रचण्ड सचिवालयले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई सपथ ग्रहण गराउने छिन् ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter