• Friday, May 02, 2025

नेपालमा लगानी गर्ने चीनको प्रतिबद्धता

Nepal China flagकाठमाडौँ, १९ साउन । मित्रराष्ट्र चीनको छन्डु एसोसिएसन अफ फरेन इकोनोमिक एन्ड ट्रेड कोपरेसनले नेपालमा विशेषगरी जलविद्युत्, पर्यटन, कृषि क्षेत्रमा लगानीका लागि प्रतिबद्धता व्यक्त गरेको छ ।

नेपाल चेम्बर अफ कमर्स तथा ट्रेड कोपरेसनद्वारा आज आयोजित पत्रकार सम्मेलनमा कोपरेसनका महासचिव छेन स्याओको नेतृत्वमा नेपाल भ्रमणमा आएका १६ सदस्यीय व्यापारिक प्रतिनिधि मण्डलले नेपालको ऊर्जा उत्पादन तथा अन्य क्षेत्रमा प्रचूर सम्भावना रहेकाले चीनको लगानीको प्रतिबद्धता व्यक्त गरेका हुन् ।

महासचिव स्याओले यस भ्रमणबाट सम्बन्ध अझ मजबुत हुने तथा दुवै देशको आर्थिक व्यापारिक सम्बन्ध अझ विस्तार हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपाली व्यवसायीसँग द्विपक्षीय व्यापार तथा लगानी प्रवद्र्धन गर्ने जस्तो महत्वपूर्ण विषयमा छलफल गर्न पाएको र नेपालमा चाँडो लगानी गर्न आवश्यक वातावरण मिलाइदिन आग्रह गरे ।

स्याओले छन्डु सहरमा नयाँ विमानस्थल निर्माण भइरहेको र यसबाट पर्यटक आदानप्रदानमा व्यापक वृद्धि हुने र व्यापार, लगानीमा समेत वृद्धि हुने र यस भ्रमणमा जलविद्युत्, पर्यटन, विद्युतीय सामग्री उत्पादनका क्षेत्रका व्यापारीको संलग्नता भएकाले नेपालमा लगानी गर्न आतुर रहेको बताए ।

सो अवसरमा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले सदियौँ पुरानो दुई देशबीचको सुमधुर सम्बन्ध रहेको चर्चा गर्दै दुवै मुलुकबीच लगानी वृद्धि, आर्थिक व्यापारिक सम्बन्ध विस्तारका लागि आग्रह गरे । उनले छन्डु सहरमा हुने व्यापार मेलामा नेपाली हस्तकलाका उत्पादन रुचाइएको हुँदा मुख्य सहरमा नेपाली उत्पादनको प्रदर्शन कक्ष उपलब्ध गराउन अनुरोध पनि गरे । रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter