• Friday, May 02, 2025

५ वर्षदेखि वीर अस्पतालमा अनसन !

Ganga Mayaकाठमाडौँ, २१ साउन । विगत पाँच वर्षदेखि वीर अस्पतालको क्याबिन नं ७ मा अनशनमा बस्दै आएकी नन्दप्रसादकी श्रीमति गंगामाया अधिकारीले नयाँ प्रधानमन्त्री पुष्पकमल दाहालबाट न्याय पाउने आशा गरेकी छिन् ।

आज पत्रकारसँग कुराकानी गर्दै उनले नयाँ प्रधानमन्त्री आएसँगै आफ्नो छोराको हत्यारालाई कारबाही हुने विश्वास व्यक्त गरेकी छिन् । उनले यदि यो सरकारबाट पनि आफूलाई न्याय प्राप्त नभए अबको पाँच दिनपछि आमरण अनशन बस्ने समेत बताइन् ।

उनले भनिन्, ‘प्रचण्ड माओवादी पार्टीका मात्रै नभएर राष्ट्रकै प्रधानमन्त्री भएकाले मजस्ता अन्यायमा रहेकालाई उहाँले न्याय दिनैपर्छ ।’ गंगामाया वीर अस्पतालमा नै बसेर अनशन गर्न थालेको यही साउन १६ गतेदेखि पाँचवर्ष पूरा भएको छ ।

विसं २०७१ असोज ६ गते अनशन थालेको ३३४ दिन हुँदा उनका श्रीमान् नन्दप्रसादको अनशनरत अवस्थामा नै मृत्यु भएको थियो । उनको शव अहिले पनि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा रहेको छ । न्याय नपाएसम्म दाहसंस्कार नगर्ने गंगामायाको अडान राखेपछि नन्दप्रसादको शव अस्पतालमा नै राखिएको छ ।

‘श्रीमानको लास बाकसमा राखिएको छ’ गंगामायाले भनिन्५ वर्षदेखि वीर अस्पतालमा अनसन !, ‘सरकारले मरेको मान्छेको लाश कति दिनसम्म बाकसमा राख्नसक्छ ? न्याय नदिने हो भने म पनि अब बाँच्नुको कुनै अर्थ नै छैन ।’

गंगामाया औषधि र पानीको भरमा बाँचीरहेकी छिन् । उनले भनिन्, ‘मलाई दिन र रात कटाउन गाह्रो भइसक्यो । घन्टा र मिनेटसमेत छुट्याउन सक्दिन ।’ दुई वर्षअघि श्रीमान् बितेपछि एक्लो योद्धा झैँ अनशनरत गंगामायाले न्याय प्राप्त गरे, सहज जीवनयापन गर्ने नत्र मरेर जाने अन्तिम निर्णयमा पुगेको बताइन् ।

उनले छविलाल पौडेल, भीमसेन पौडेल, जानुका पौडेल, पशुराम पौडेललगायतलाई किटानी जाहेरिलाई चितवन जिल्ला अदालतस्थित जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको भए पनि हालसम्म उक्त मुद्दाको कुनै सुनुवाई भएको छैन । सर्वोच्च अदालतको आदेशमा आरोपी भीमसेन पौडेल र पशुराम पौडेललाई पक्राउ गर्नासाथ तत्कालीन (एमाओवादी) नेताको विरोध र धम्कीका कारण उनीहरुलाई धरौटीमा रिहा गरिएको थियो ।

विसं २०६१ मा गङ्गामायाका १७ वर्षे छोरो कृष्णप्रसादको तत्कालीन माओवादीले अपहरण गरी हत्या गरेको थियो । आफ्ना छोराको हत्या गर्नेविरुद्ध कारबाहीको माग गर्दै पाँच वर्षअघि प्रधानमन्त्री निवास बालुवाटार पुगेका अधिकारी दम्पतीले आफूहरुलाई सरकारले बेवास्ता गरेको भन्दै त्यहीँ अनशन सुरु गरेका थिए ।

प्रहरी प्रशासनले अधिकारी दम्पतीलाई कमलपोखरी प्रहरी चौकीमा लगी ३९ दिन थुनेपछि उनीहरुले भोक हडताल सुरु गरेका थिए । भोक हडताल सुरु गरेपछि उनीहरुलाई जबर्जस्ती वीर अस्पतालको आकस्मिक कक्षमा राखेर अनशन तोडाउने प्रयत्न गरिए पनि त्यो सफल हुनसकेन । परिणाम २०७१ साल असोज ६ गते नन्दप्रसादको मृत्यु भयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter