• Friday, May 02, 2025

राप्रपा–राप्रपा नेपाल एकता साउन २५ मा

Kamal Thapa shakes hands with Lokendra Bahadur Chandकाठमाडौं, २२ साउन । पूर्व पञ्चहरुको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपालबीच यहि साउन २५गते पार्टी एकता हुने भएको छ ।

राप्रपा अध्यक्ष पशुपतिशम्शेर राणा र राप्रपा नेपालका अध्यक्ष कमल थापाले शनिवार विज्ञप्ति जारी गरी साउन २५ गते पार्टी एकीकरण घोषणा गरिने जानकारी दिएका हुन् ।

लामो समयको छलफलपछि दुई राप्रपाबीच एकीकरण घोषणासभा गर्ने निश्चित भएको राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । शनिवार राणा र थापाबीच पार्टी एकतासम्बन्धि नौ बुँदे सहमति भएसँगै साउन २५ गते पार्टी एकता गर्ने घोषणा गरिएको हो ।

एकीकृत पार्टीमा राष्ट्रिय अध्यक्ष र अध्यक्ष गरी दुई वटा अध्यक्ष पद राखिने भएको छ । राणा राष्ट्रिय अध्यक्ष तथा थापा अध्यक्ष हुने सहमति बनेको छ ।

एकताका लागि राप्रपाले लामो समयदेखि वार्ता समिति बनाएर छलफल अगाडि बढाएको थियो । ब्यवस्थापिका संसदमा राप्रपा नेपाल २५ सिटसहित चौथो ठूलो पार्टी रहेको छ भने राप्रपाको १२ सिट रहेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter