• Friday, May 02, 2025

प्रेममा झैँ सहयात्रामा पनि धोका: अध्यक्ष ओली

Oli after nominationकाठमाडौं, २२ साउन । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)ले आफूसँगको सहयात्रामा धोका दिएको बताएका छन्।

जापानको हिरोसिमा र नागासाकीमा एटम बम हमला भएको ७१औँ स्मृति वर्षका सन्दर्भमा शनिबार नेपाल अफ्रो–एसियाली जनएकता सङ्गठन (आप्सो)ले आयोजना गरेको ‘एसियामा आणविक अस्त्रको अविछिन्न सन्त्रास’ विषयक गोष्ठीमा अध्यक्ष ओलीले जहाँ पुग्यो त्यहीँ प्रेम (लभ) गर्नेहरुसँगको सङ्गतका कारण आफू सरकारबाट बाहिरिनुपरेको टिप्पणी गरे।

संसद्मा अविश्वासको प्रस्तावको छलफलपछि अध्यक्ष ओलीले यही साउन ९ गते प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए।

आप्सोका अध्यक्षसमेत रहनुभएका उनले भने– “साथीहरु जहाँ पुग्यो त्यहीँ ‘लभ’ गर्दारहेछन्, मधेसमा पुग्यो त्यहीँ ‘लभ’ गर्ने, पहाडमा गयो त्यहीँ ‘लभ’ गर्ने, गत वर्ष मसँग पनि ‘लभ’ गरे तर धोका दिए ।”

अध्यक्ष ओलीले साना स्वार्थले मानव जातिको विकासको बाटो लिन नहुने भन्दै विश्वलाई शस्त्रास्त्रमुक्त पार्नुपर्नेमा जोड दिए।

कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक डा मनिता जोशी वैद्यले विकिरणहरुको प्रयोग र दुरुपयोगका कारण खाद्यान्नमा पनि नकारात्मक असर पर्ने बताइन्।

आप्सोका कार्यबाहक अध्यक्ष हिरण्यलाल श्रेष्ठले हिरोसिमा र नागासाकीमा एटम बम हमला मानवीय संवेदनामाथिको ठूलो प्रहारको घटना भएकाले त्यस्ता घटनाको जति निन्दा गरे पनि अपुग हुने उल्लेख गरे।

दोस्रो विश्व युद्धका क्रममा सन् १९४५ को अगष्ट ६ मा अमेरिकाले जापानको हिरोसिमामा एटम बम आक्रमणका कारण ४० हजारको निधन भएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter