• Friday, May 02, 2025

नेवि संघको महाधिवेशन शुरु, दर्जनभन्दा बढी सभापतिका आकंक्षी

nebi-sang-660x330काठमाडौँ, २३ साउन । नौ वर्षसम्म आयोजना हुन नसकेको नेपाल विद्यार्थी संघकोे ११औँ महाधिवेशनको आज नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका छन् ।

नेपाली काँग्रेसको भ्रातृ संगठन नेवि संघको महाधिवेशन साउन २५ गतेसम्म राजधानीको भृकुटीमण्डपमा सञ्चालन हुनेछ । तर, नेविसंघमा सभापतिको दावेदार भने दर्जनभन्दा बढी देखिएका छन् ।

लामो समयको अन्तरालपछि हुन लागेको महाधिवेशनमा विभिन्न गुट÷उपगुटबाट नेताहरूले आ–आफ्नो उम्मेदवारी घोषणा गर्न सुरु गरेका छन् । हालसम्म अध्यक्षमा जितजङ्ग बस्नेत, मनोजमणि आचार्य, नैनसिंह महर, क्षितिज भण्डारी, दीपक भट्टराई, विनिता अधिकारी, नीलकण्ठ रिजाल, आनन्दराज त्रिपाठी, कुन्दनराज काफ्ले, शुभराम बस्नेत, पद्मराज पन्त, रत्न कार्की, सरोज थापा, लक्ष्मण आचार्य, रामप्रसाद अधिकारीलगायतले उम्मेदवारी घोषणा गरिसकेका छन् । अन्य केही नेताहरू उम्मेदवारी घोषणा गर्ने क्रममा छन् ।

नेपाली काँग्रेस र नेपाली काँग्रेस (प्रजातान्त्रिक)को एकीकरणपछि विसं २०६४ देखि हुन नसकेको नेविसंघको यस महाधिवेशनमा विद्यार्थी नेता÷कार्यकर्ता उत्साहका साथ सहभागी भइरहेका छन् । महाधिवेशनमा मुलुकभरका करिब तीन हजार चार सय प्रतिनिधि सहभागी भएको संघका प्रवक्ता युपी लामिछानेले जानकारी दिए ।

उद्घाटन समारोहमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधि, कोषाध्यक्ष सीतादेवी यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक, पार्टीका पूर्व महामन्त्री द्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, पार्टीका केन्द्रीय समितिका सदस्य, अन्य नेता तथा संघका पूर्व अध्यक्षहरु, भ्रातृ एवम् शुभेच्छुक संस्थाका प्रतिनिधिहरु शुभकामना दिन सहभागी भएका थिए ।

महाधिवशेनको उद्घाटटन भइसक्दा पनि केही जिल्लामा प्रतिनिधि छनोट विवाद कायमै छ । विवादित ११ जिल्लामध्ये पनि सुर्खेत, रौतहट र भक्तपुरको विवाद मिलिसकेको छ भने सिराहा, धनुषा, रुपन्देही, पर्सा, कञ्चनपुर, मुस्ताङ, सोलुखुम्बु र कास्कीको महाधिवेशन प्रतिनिधिको विवाद मिलाउने कार्य अन्तिम चरणमा पुगेको नेवि संघले जनाएको छ ।

पार्टीले निर्धारित समयमै नेविसंघको महाधिवेशन सम्पन्न गर्न नेता डा. प्रकाशशरण महतको संयोजकत्वमा निर्देशन समिति गठन गरेको छ । समितिमा गोविन्दराज भट्टराई, गुरुराज घिमिरे, प्रदीप पौडेल र किशोरसिंह राठौर रहनुभएको छ । समितिले संघको महाधिवेशन गर्न र विवाद मिलाउन हरसम्भव प्रयास गरिरहेको जनाएको छ ।

निर्वाचनमा सभापति देउवा र वरिष्ठ नेता पौडेल पक्ष समूह बनाएर प्रतिस्पर्धामा उत्रने तयारीमा छन् । संघको आगामी केन्द्रीय समिति प्रदेश संरचनासहित एकसय ५१ सदस्यीय हुने गरी विधानको टुङ्गो लगाइएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter