• Friday, May 02, 2025

अपाङ्गता भएकाको व्यावहारिक रूपमै समान सहभागिता माग

people with disabilitiesकाठमाडौँ, २९ साउन । युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले अपाङ्गता क्षेत्रमा देखिएका समस्या समाधान गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

नेत्रहीन युवा सङ्घ, नेपालको दोस्रो अधिवेशनको अवसरमा आज यहाँ उद्घाटन गर्दै मन्त्री श्रीपाइलीले राज्यका रहेक संरचनामा अपाङ्गता भएका व्यक्तिको व्यावहारिक रूपमै समान सहभागिताका लागि आफूले सक्दो पहल गर्ने बताउनुभयो ।

सो अवसरमा नेकपा(एमाले) का केन्द्रीय सदस्य ठाकुर गैरेले राज्यले अपाङ्गता भएका व्यक्तिको क्षमता पहिचान गरी क्षमता अनुसारको रोजगारीको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । सङ्घका अध्यक्ष कलाधर भण्डारीले अपाङ्गता भएका व्यक्तिलाई समाजले हेर्ने दृष्टिकोणका परिवर्तन हुनुपर्ने बताउनुभयो । आज दिनभरि हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter