ब्रोइलर कुखुराको मासु र अन्डाबाट करोडौँ आम्दानी

Broilerभद्रपुर, ४ भदौ । झापामा ब्रोइलर कुखुराको मासु बिक्रीबाट वार्षिक करिब रु ३३ करोड ९६ लाख आम्दानी भइरहेको छ ।

राष्ट्रिय योजना आयोगको सचिवालय, केन्द्रीय तथ्याङ्क विभागद्वारा आव २०७१÷७२ मा गरिएको व्यावसायिक कुखुरापालन सर्वेक्षणको नतिजामा सो कुरा उल्लेख छ । मङ्गलबार यहाँ सार्वजनिक गरिएको सर्वेक्षणबाट अन्डा बिक्रीबाट करिब रु पाँच करोड ८६ लाख र कुखुराबाट उत्पन्न हुने मल बिक्रीबाट रु ६२ लाख ३४ हजार आम्दानी हुने गरेको तथ्याङ्क विभागका निर्देशक बद्री कार्कीले जानकारी दिनुभयो ।

पहिलो पटक नेपालमा गरिएको सो सर्वेक्षणमा झापामा कुखुरापालन व्यवसाय सङ्ख्या ५६२ रहेको जनाइएको छ, जसमा ब्रोइलर व्यवसायको सङ्ख्या ५४० मा नौ लाख ३३ हजार ब्रोइलरको सङ्ख्या रहेको र लेयर्स व्यवसायको सङ्ख्या २२ मा लेयर्स कुखुरा ३० हजार सङ्ख्यामा छन् । सर्वेक्षणले झापामा कुखुराको मासु दुई हजार ७३ मेट्रिक टन र अन्डा ६९ लाख ६९ हजार उत्पादन भइरहेको देखाएको छ ।

पाँच सय कुखुराभन्दा बढीका व्यवसाय मात्र सर्वेक्षणमा राखिएको जनाइएको छ । सञ्चालकसहित कामदार सङ्ख्या एक हजार १४ र अस्थायी कामदार व्यक्ति दिन सङ्ख्या नौ हजार १०० रहेको सर्वेक्षण नतिजामा उल्लेख छ ।

ऋण लिएर व्यवसाय सञ्चालन गर्नेको सङ्ख्या ४८ र ऋणको आवश्यकता महसुस गर्ने व्यवसायको सङ्ख्या ७६ छ । नाफामा सञ्चालित व्यवसायको सङ्ख्या ९३ देखिएको बताइएको छ ।

सर्वेक्षणमा व्यवसायीले सहुलियतपूर्ण ऋणको व्यवस्था, कुखुरा र अन्डा बिक्रीका लागि उचित बजारको व्यवस्था, स्थानीयस्तरमा प्राविधिक सेवाको सहज पहुँच तथा निःशुल्क सेवा, चल्ला एवम् दानाको गुणस्तरको सरकारद्वारा कडाइका साथ अनुगमन, सरकारले कुखुरा र अण्डाको मूल्य निर्धारण गर्नुपर्ने जस्ता माग सरकारसँग राखिएको सर्वेक्षणमा उल्लेख छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter