गोरखाका ३३ हजारभन्दा बढीले अनुदान पाए

Nepal Reconstruction Authorityगोरखा, ४ भदौ । भूकम्पपीडितलाई निजी आवास (घर) बनाउन सरकारले दिएको अनुदान गोरखाका ३३ हजार ८७१ जनाले बुझेका छन् ।

रु ५० हजारका दरले भूकम्पपीडितलाई अनुदान रकम विभिन्न बैंकमार्फत उपलब्ध गराइएको हो । गतवर्ष वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्र बनाएर गएको भूकम्पले ७० हजारभन्दा बढी घर भत्किएको भएपनि तथ्याङ्क सङ्कलनपछि ५८ हजार ५०३ घरधुरीलाई पुनःनिर्माणमा अनुदान दिइने सरकारले बताएको थियो ।

जिल्ला विकास समितिका योजना अधिकृत सतिश भट्टराईका अनुसार लाप्राक र बूढीगण्डकी प्रभावित क्षेत्रका भूकम्पपीडितको अनुदान सम्झौता गर्न बाँकी छ । अहिलेसम्म ४९ हजार ७५८ जना लाभग्राहीसँग अनुदान सम्झौता गरिसकिएको भट्टराईले बताउनुभयो ।

यस्तै, २५ गाविसका भूकम्पपीडितले पहिलो किस्ताअनुसारको रु ५० हजारका दरले रकम पाइसकेका छन् । बारपाक, सौरपानी, हंशपुरलगायत गाविसमा घर निर्माण सुरु भएको छ ।

पन्ध्र हजार ६२९ जनाले आफूहरु वास्तविक भूकम्पपीडित भएको तर अनुदान सम्झौता गर्न नपाएको भन्दै गुनासो दर्ता गराएपनि गुनासोउपर कुनै छलफल भएको छैन । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter