• Friday, May 02, 2025

शेर्पा किदुक दक्षिण कोरिया अधिवेशनसँगै ‘छुसक’

koriaलाक्पा जी. शेर्पा / सोल । दक्षिण कोरियामा रोजगारीको शिलशिलामा पुगेका शेर्पाहरुको साझा संगठन दक्षिण कोरिया शेर्पा किदुगको दोस्रो अधिवेशनको प्रचारप्रसार र तयारी व्यापक गरिएको छ । सेप्टेम्बर १६ का दिन अधिवेशनसँगै छुसक सांस्कृतीक साँझ आयोजना हुने भएको हो । आम शेर्पा र नेपालीहरुलाई विभिन्न समस्या, जटिलतामा साथ दिने र आपसी समन्वय, सद्भाव र भाइचारा स्थापना गर्ने हेतुले २०११ मार्च ०५ मा स्थापना भएको किदुगले अधिवेशनको लागि तयारी तिव्र रुपमा अघि बढाइएको पदाधिकारीहरुले जानकारी दिए । विभिन्न सामाजिक, सेवामुलक कार्यहरुमा अग्रिम मोर्चामा देखिने किदुगले आयोजना गर्ने छुसकमा हास्यकलाकार डोमा ह्योल्मो र शेर्पा समुदायका चर्चित कलाकार छिरिङ शेर्पाको विशेष प्रस्तुती सहितको सांस्कृतीक साँझ हुने जनाएको छ । छुसकको लागि ‘साँझ ७ बजेदेखि निरन्तर बिहान ५ बजेसम्म’को समय निर्धारण गरिएको आयोजक संस्थाले जनाएको छ ।

बुद्ध नेपालमै जन्मिएको हो भन्ने मूल सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना गर्न लागेको कार्यक्रममा सहभागि हुन सम्पूणलाई किदुगले आह्वान गरेको छ । ‘प्रवास मै रहेर भाषा, धर्म, संस्कार सांस्कृतिकको संरक्षण, सम्बद्र्धनमा विशेष सहयोग पुर्याउने उद्देश्य समेत रहेको छ ।’ संस्थाका शेर साङवो शेर्पाले भने । कोरियामा स्थापना भएको नेपाली भाषी संघसंस्था र नेपालीहरुवीच एकता, समन्वय, सदभाव बढाउने, ब्यस्तता थकान र तनाब न्यूनिकरण गर्दै आफ्नो पन महसुस गराउन छुसकको आयोजना गर्न लागिएको शेर्पाले जानकारी दिए ।

सेर साङवोको अध्यक्षमा उम्मेदवारी

यसैवीच घोषित अधिवेशनमा किदुगको अध्यक्षको रुपमा दोलखा स्थायी घर भएका सेर साङवो शेर्पाले उम्मेदवारी घोषणा गरेका छन् । उनी दोलखाली समाजका संरक्षक, वर्तमान दोलखा शेर्पा बि.सी. संम्पर्क मञ्च दक्षिण कोरियाका अध्यक्ष समेत हुन् ।

शेर्पा समुदायलाई सामाजिक चेतना र समाज रुपान्तरणमा क्रियाशिल गराउँदै समुदायको श्रीवृद्धि हुने कार्यक्रमहरुलाई प्रभावकारी रुपमा अघि बढाउन आफूले अध्यक्षको उम्मेदवारी घोषणा गरेको अध्यक्षका प्रत्यासी शेर साङवोले बताए । ‘सामाजिक गतिबिधिहरु प्रभावकारी रुपमा अघि बढाउँदै संस्थालाई बढी फाइदामुलुक र सामाजिक वनाउँदै आम शेर्पाहरुको हितमा उपयोग गर्न मैले उम्मेदवारी घोषणा गरेको हुँ ।’ सेरले भने ‘भावी कार्य योजनाहरु यसअघि नै मिडियाहरु मार्फत सार्वजनिक गरिसकेको छु ।’

किदुगले यहाँ रहेका सम्पूर्ण नेपालीहरुलाई कार्यक्रममा सहभागि भई अधिवेशन सफल बनाइदिनु हुन आह्वान गरेको छ । मनोरञ्जनात्मक कार्यक्रममा सहभागि भई ‘रिफ्रेस’ हुन समेत किदुगको अनुरोध छ । बिभिन्न कोरियन खानाको परिकारले कार्यक्रमलाई अभ भव्य बनाउने छ । विभिन्न सामाजिक क्षेत्रमा ख्याती कमाएका व्यक्तित्व र सामाजिक संस्थाका प्रतिनिधीहरुको उपस्थितीले कार्यक्रम ओझपूर्ण हुने जनाएको छ । अधिवेशनको शेर्पाखबरडटकम र शेर्पाखबर साप्ताहिकले मिडिया पार्टनरको भूमिका निर्वाह गर्ने भएको छ । अधिवशेन सफलताको लागि विभिन्न देशमा रहेका शेर्पा संघसंस्थाहरुले शुभकामना दिन थालिसकेका छन् ।

भाषा, धर्म संरक्षण गर्ने ‘नारा’

छुसक सांगितक साँझ आयोजना गर्नुको मुख्य उद्देश्य भाषा, धर्म, संस्कार, संस्कृती जगेर्ना गर्नु रहेको जनाएको छ । ‘आफ्नो भाषा, धर्म, संस्कार, संस्कृती संरक्षण सम्बद्र्धन गरौं’ भन्ने आदर्श नारासहित कार्यक्रम आयोजना गरिएको हो । विभिन्न देशले बुद्धको जन्मस्थलबारे गलत प्रचारवाजी गरिरहेको सन्दर्भमा भ्रमलाई चिर्न समेत ‘बुद्ध वास ब्रोन नेपाल’ भनेर प्रचार गर्न लागिएको जनाएको छ । अन्य महत्वपूर्ण कार्यक्रमहरुसहित वर्तमान पहिचानको मुद्दालाई समेत सघाउन पुर्याउने उद्देश्य रहेको जनाएको छ । छुसकमा चर्चित हास्य कलाकार तथा गायिका डोमाले आफ्नो वेजोड प्रस्तुती दिनेछन् भने गायक छिरिङले ‘मन चङ्ग चङ्ग भई उडी गयो’ लगायत उनका चर्चित गीतहरु गाएर सहभागिलाई भरपूर मनोरञ्जन दिलाउनेछन् । कार्यक्रमले उठान गरेको नारालाई पुष्टि गर्न शेर्पा जातिको ऐतिहासिक झाँकी, श्याब्रु नृत्य समेत हुने जनाएको छ । कार्यक्रम सफल पार्न तयारी तिब्र पारिएको आयोजकले जनायो ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter