भारत भ्रमण पूर्व संविधान संशोधनको प्रस्ताव–प्रधानमन्त्री

Prime Minister Pushpa Kamal Dahal assumes officeकाठमाडौँ, ७ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनको प्रस्ताव व्यवस्थापिका–संसद्मा पेश गर्ने र निर्वाचनसम्बन्धी कानुनहरु तयार गरेर मात्रै आफू भारत भ्रमणमा निस्कने बताउनुभएको छ ।

उहाँले भन्नुभयो ‘‘स्थानीय निकायको निर्वाचनसम्बन्धी कानुन एवम् मधेसी मोर्चामा आवद्ध दलहरुको मागलाई सम्बोधन गर्ने गरी संविधान संशोधनको प्रस्ताव पेस गरेर भारत भ्रमण गर्ने तयारीमा छु ।’’

प्रधानमन्त्री निवास बालुवाटारमा आज सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्रीले राष्ट्रिय आवश्यकता, मुलुकको चाहनालाई सम्बोधन गर्दै निर्वाचनको वातावरण बनाउन र आवश्यक कानुनी प्रक्रिया पूरा गर्न आफू प्रतिवद्ध रहेको बताउनुभयो ।

“सबैभन्दा बढी निर्वाचन सरकारको नेतृत्व गर्ने दल नेकपा(माओवादी केन्द्र) लाई छ । सोही अनुसार म लागिपरेको छु” प्रधानमन्त्रीले भन्नुभयो “निर्वाचन आयोगसँग पनि छलफल गरे । सरकारको साझेदार दलसँग पनि कुराकानी भइरहेको छ । प्रमुख प्रतिपक्षी नेकपा(एमाले)सँग पनि अनौपचारिक तहमा छलफल भइरहेको छ । त्यसलाई औपचारिक तहमा लैजाने प्रयासमा छु ।”

संविधान संशोधनको विषय र निर्वाचनको सम्बन्धमा मधेस केन्द्रीत दलहरुलाई पनि सहमतिमा ल्याउनुपर्ने भएकाले आफूले विशेष जोड दिएको बताउँदै प्रधानमन्त्रीले मुलुकको आन्तरिक एकतालाई मजबुत बनाउने यही नै प्रमुख उपाय भएको स्पष्ट पार्नुभयो ।

आफूलाई प्रधानमन्त्री पद चुनौतीपूर्ण र जोखिमपूर्ण रुपमा प्राप्त भएको उल्लेख गर्दै उहाँले भन्नुभयो “संविधानसभाबाट संविधान जारी गर्नु जस्तै स्थानीय निकायको निर्वाचन आफू र आफ्नो नेतृत्वको सरकारको लागि महत्वपूर्ण एवम् चुनौतीपूर्ण छ । त्यो जिम्मेवारी पूरा गर्छु ।”

नेकपा(एमाले) नेतृत्वको सरकारले निर्वाचन गर्न नचाहेको निष्कर्षमा पुगेपछि मात्रै सरकार परिवर्तन भएको स्पष्ट पार्दै प्रधानमन्त्री दाहालले संविधान जारी गर्दा र अहिले निर्वाचन गर्ने सन्दर्भमा एमालेले असहयोगी व्यवहार गरेको खुलासा गर्नुभयो ।

उहाँले भन्नुभयो “केपी ओलीले प्रधानमन्त्री पदमा रहँदा नै स्थानीय निकायको निर्वाचन गर्न सकिन्न भनेपछि म सरकार परिवर्तन गर्ने निष्कर्षमा पुगँे ।

शान्ति प्रक्रियाको मुख्य साझेदार दल नेपाली काँग्रेस र माओवादी मात्रै रहेको तथा एमालेको भूमिका सहायक मात्रै रहेकाले पनि प्राकृतिक गठबन्धनलाई छाड्दा मूल मुद्दा नै किनारा लाग्ने खतरा देखेकाले वर्तमान समीकरण बनेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो ‘‘१२ बुँदे समझदारीदेखि संविधान जारी गर्दासम्म काँग्रेस र माओवादीले मूल भूमिकामा रहे । संविधान जारी गर्नुअघि प्रमको पद सुनिश्चितता भएपछि मात्रै एमालेले संविधान जारी गर्न दिएको हो ।”

काँग्रेस र आफ्नो पार्टीको गठबन्धनले नै संविधानको कार्यान्वयन र शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउने विश्वास व्यक्त गर्दै उहाँले यही प्रक्रियामा एमालेलाई ल्याउन आफ्नो निरन्तर प्रयास रहने बताउनुभयो ।

स्थानीय निकायको पुनःसंरचनाको विषय थप पेचिलो बन्दै गएको उल्लेख गर्दै आफ्नो पार्टीले बढीमा एक हजार गाउँपालिका बनाउने तयारीसहित अगाडि बढेको जानकारी दिनुभयो ।

संविधानले व्यवस्था गरेअनुसार स्वायत्त क्षेत्र, विशेष सरक्षित क्षेत्रलाई पनि सोही प्रावधानअनुसार समेटिने र त्यसको निक्र्यौल सहमतिका आधारमा छिट्टै गरिने उहाँको कथन थियो ।

सरकारले स्थानीय निकाय पुनःसंरचना आयोगलाई दिएको कार्यविधि(टिओआर)का आधारमा काम गरेको भन्दै उहाँले मधेस केन्द्रीत दलको सहमतिमा विवादित विषय टुङ्गो लगाउने बताउनुभयो ।

स्थानीय निकायको निर्वाचन भएपछि राष्ट्रिय सभा गठनको समेत बाटो खुल्ने भएकाले त्यसका लागि पनि सबै पक्षको सहमति जरुरी रहेको उहाँको धारणा थियो ।

जनताको दैनिकीसँग जोडिएका विषयलाई सम्बोधन गर्दै सरकार अगाडि बढ्ने र गरिबका लागि सरकार छ भन्ने अनुभव गराउने प्रयासमा आफू रहेको र निर्णय पनि सोही दिशामा केन्द्रीत रहेको प्रधानमन्त्रीको भनाइ थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter