प्रसूति गृहलाई अनुसन्धानकेन्द्रका रुपमा विकास गरिने

Maternity Hospitalकाठमाडौँ, ९ भदौ । परोपकार प्रसूति तथा स्त्री रोग अस्पताललाई प्रसूति, स्त्रीरोग तथा नवजात शिशु अध्ययन अनुसन्धानकेन्द्रका रुपमा विकास गरिने भएको छ ।

अस्पतालको ५७औँ वार्षिकोत्सवको अवसरमा निर्देशक प्रा डा जागेश्वर गौतमले निकट भविष्यमै मिडवाइफ्री÷नर्सिङ कलेज सञ्चालन गर्ने, आफ्नै औषधि पसल खोल्ने, सिटीस्याक्न र एमआरआई सेवा सुरु गर्ने, स्याटेलाइट अस्पताल सञ्चालन गर्ने, अक्सिजन प्लान्ट सुरु गर्ने र सोलार प्रणाली जडान गर्न गृहकार्य भइरहेको जानकारी दिनुभयो ।

स्वास्थ्य मन्त्रालयका सचिव डा सेनेन्द्रराज उप्रेतीले भन्नुभयो – “मातृ स्वास्थ्यको क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्न यस अस्पतालले ठूलो भूमिका निर्बाह गरेको छ । नेपालको एकमात्र प्रसूति गृहको विकासका लागि मन्त्रालय सहयोग गर्न तयार छ ।”

मन्त्रालयकी प्रमुख विशेषज्ञ डा किरण रेग्मीले प्रसूति गृहले दिइरहेको सेवालाई सुधार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँले भन्नुभयो – “हामीले पुरानै शैलीमा सेवा दिएर हुँदैन । अब नयाँ प्रविधि र शैलीमा बिरामीलाई सेवा दिन सक्नुपर्छ । सेवा दिने र सेवा लिने पनि हामी नै हाँै भन्ने भावनाबाट प्रेरित भई सेवा दिनुपर्ने बेला आइसकेको छ ।”

नेपालका लागि भारतीय राजदूतावासका प्रतिनिधि ज्ञानवीर सिंहले नेपालको स्वास्थ्य क्षेत्रमा भारत सरकार सधैँ सहयोग गर्न तत्पर रहेको बताउनुभयो । उहाँले प्रसूति गृहको स्थापनाकालदेखि नै भारत सरकारको सहयोग रहिआएको चर्चा गर्दै स्वास्थ्य क्षेत्रमा सबै खालका सहयोग जारी रहने बताउनुभयो ।

अस्पाताल विकास समितिका अध्यक्ष डा नन्दप्रसाद शर्माले पर्याप्त शै्यया नहुँदा बिरामीको चाप धान्न गाह्रो परिरहेको उल्लेख गर्दै अस्पतालमा ४१५ शै्यया पर्याप्त नहुँदा बिरामीको चाप धान्न र स्तरीय सेवा दिन चुनौती थपिएको छ भन्नुभयो ।

आव २०७२÷७३मा बहिरङ्ग सेवामा प्रसूति सेवामा ५२ हजार ८१४ र स्त्रीरोग उपचारमा २५ हजार २३० बिरामी र बच्चाको खोप, बाँझोपन, परिवार नियोजनमा एक लाख ३६ हजार ६४६ बिरामीले अस्पतालबाट सेवा लिएका थिए । रासस (श्रव्य सामग्री र तस्बिर उपलब्ध छ)

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter