• Friday, May 02, 2025

बाढीपहिराको अध्ययन गर्न भूगर्भविद्को टोली पठाइने

Jure Landslideकाठमाडौँ, ९ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले प्युठानमा केही दिन पहिले गएको बाढीपहिरो र त्यसले पु¥याएको मानवीय तथा भौतिक क्षतिको अध्ययन गर्न तत्कालै भूगर्भविद्को टोली पठाइने बताउनुभएको छ ।

नेकपा(एमाले)का कावा अध्यक्ष वामदेव गौतमको नेतृत्वमा प्युठानबाट आएको सर्वदलीय टोलीको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले भन्नुभयो, “क्षतिको प्रकृति हेर्दा प्युठानको बाढीपहिरो सामान्य छैन । यसलाई मैले गम्भीरतापूर्वक हेरेको छु । क्षतिको यथार्थ विवरण सङ्कलन, राहत र पुनर्वासका लागि अध्ययन गर्न तत्कालै भूगर्भविद्सहितको टोली प्रभावित क्षेत्रमा पठाउँछु ।”

प्रधानमन्त्रीले मन्त्रिपरिषद्को पहिलो बैठकबाटै बाढीपहिरामा परी मृत्यु हुनेका परिवारलाई दिने राहत रकम रु ४० हजारबाट बढाएर रु एक लाख पु¥याइएको स्मरण गराउँदै टोलीको अध्ययनपछि थप राहत र पुनःस्थापनाको काम गर्ने बताउनुभएको भेटमा सहभागी नेकपा(माओवादी केन्द्र)का नेता कृष्णध्वज खड्काले जानकारी दिनुभयो ।

भेटमा एमाले नेता गौतमले बाढीपहिराबाट प्युठानमा मात्रै ५३ जनाको मृत्यु भएकाले यसलाई गम्भीरतापूर्वक लिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो । ज्ञापनपत्रमा बाढीपहिराबाट विस्थापितका लागि खाद्यान्न र सुरक्षित बासको व्यवस्था गर्न, भूगर्वविद्सहितको टोली पठाएर पहिरो रोकथाम र नयाँ बस्तीका लागि अध्ययन गर्न, बाढीले यातायात बिच्छेद भएकाले सडकको मर्मत गर्न, पुल र कुलो मर्मतको व्यवस्था गर्न, एकीकृत परियोजना मार्फत पुनःनिर्माणको व्यवस्था गर्न र बाढीपीडितलाई भूकम्पपीडित सरहको राहत उपलब्ध गराउन माग गरिएको छ ।

प्रतिनिधिमण्डलमा माओवादी केन्द्रका नेता रेखा शर्मा, नेपाली काँग्रेसका नेता मुक्तिप्रसाद शर्मा, नयाँ शक्ति नेपालका नेता नवराज सुवेदी, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल, नेकपा(क्रान्तिकारी माओवादी)का शिवराज पोख्रेल लगायत सहभागी हुनुहुन्थ्यो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter