• Friday, May 02, 2025

म्याच फिक्सिङ प्रकरण, एएफसीद्वारा पुनःविचारको अपिल खारेज

Nepali-footballers-arrested-on-charge-of-match-fixingकुमार चौलागाई / काठमाडौँ, ९ भदौ । खेल मिलेमतो गरेको आरोपमा पक्राउ परेपछि एसियाली फुटबल महासङ्घ (एएफसी) ले आजीवन प्रतिबन्ध लगाएको पाँच नेपाली खेलाडीले गरेको पुनःविचारको अपिल खारेज गरेको छ ।

एएफसीको अपिल कमिटीको आज बसेको बैठकले सो अपिल खारेज गरेको हो । तत्कालीन कप्तान सागर थापा, विकास सिंह क्षेत्री, रितेश थापा, सन्दिप राई र तत्कालीन प्रशिक्षक अन्जन केसीले म्याच फिक्सिङ गरेको पुष्टि गर्दै यसअघिको एएफसी निर्णयलाई निरन्तरता दिएको एएफसीको अपिल कमिटीद्वारा जारी विज्ञप्तिमा जनाएको छ ।

खेल मिलेमतोमा पक्राउ पर्नासाथ एएफसीले आजिवन प्रतिबन्ध लगाएकोमा सो निर्णयमाथि पुनःविचार गर्न उनीहरुले एएफसीसमक्ष निवेदन दिएका थिए । एएफसीको निर्णयले फुटबल करिअर पुनः अघि बढ्ला कि भन्ने उनीहरुको आशा समाप्त भएको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाले गत वर्षको असोज २७ मा म्याच फिक्सिङ (खेल मिलेमतो) गरेको आरोपमा तत्कालीन कप्तान थापासहित क्षेत्री, रितेश, सन्दिप तथा प्रशिक्षक केसीलाई पक्राउ गरेको थियो । झन्डै एक महिना गहिरो अनुसन्धानपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।

त्यतिबेलको अनुसन्धानअनुसार उनीहरूले सन् २००८ मा भएको मर्डेका कपमा अफगानिस्तानसँग २–२ गोलको बराबरी खेल्ने सर्तमा प्रतिखेलाडीले ५ हजार अमेरिकी डलर, सन् २००९ को साफ च्याम्पियनसीपमा जम्मा तीन हजार ६१ अमेरिकी डलर लिई दामासाहीले बाँडेको, सन् २०११ मा मलेसियासँगको मैत्रीपूर्ण खेलमा शुन्य बिरुद्ध दुई गोलले खेल हार्ने सर्तमा प्रतिखेलाडी पाँच हजार अमेरिकी डलर लिएको अनुसन्धानका क्रममा खुलेको थियो ।

त्यस्तै सन् २०११ मा फिलिपिन्ससँग भएको मैत्रीपूर्ण खेलमा प्रतिखेलाडी ५ हजार डलर, सन् २०१२ मा भारतमा भएको नेहरू कपअन्तर्गत क्यामरुनसँग शुन्य विरुद्ध चार गोलले हार्ने सर्तमा प्रति खेलाडी ५ हजार डलर लिने गरी सर्त भएकोमा खेलको अन्ततिर गोल किपर रितेश थापाको ठाउँमा खेलाडी परिवर्तन हुँदा शुन्य विरुद्ध पाँच गोलले हारेकाले रकम नपाएको लगायतका अभियोगहरू खुल्न आएको थियो ।

म्याच फिक्सिङ प्रकरणमा पक्राउ परेका पाँचै खेलाडीलाई अखिल नेपाल फुटबल सङ्घलेसमेत त्यतिबेला नै निम्बलन गरेको थियो ।

असोज २७ मा पक्राउ परेका उनीहरुलाई कात्तिक २४ गते विशेष अदालतका अध्यक्ष मोहनरमण भट्टराई तथा सदस्यद्वय भूपेन्द्रप्रसाद राई र महेशप्रसाद पुडासैनीको इजलासले गोलरक्षक थापा र पूर्व प्रशिक्षक केसीलाई रु पाँच÷पाँच लाख, कप्तान थापालाई रु एक लाख ५० हजार तथा उपकप्तान राई र क्षेत्रीलाई रु ५०÷५० हजार धरौटीमा रिहा गरेको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter