• Saturday, May 03, 2025

गोदावरी प्रतियोगात्मक प्रदर्शनी सुरु

godawari-exhibitionललितपुर, १० कात्तिक । दसौँ गोदावरी प्रतियोगात्मक प्रदर्शनी जावलाखेलमा आजदेखि सुरु भएको छ ।

फ्लोरिकल्चर एसोसियसन नेपालले आयोजना गरेको उक्त प्रदर्शनी चार दिनसम्म चल्नेछ । प्रदर्शनी करिब ३० हजारले अवलोकन गर्ने अनुमान गरिएको छ । आयोजकले प्रदर्शनी अवधिभर रु ३५ देखि ४० लाखको फूलको कारोबार हुने अनुमान गरेको छ ।

प्रर्दशनीको उद्घाटन गर्दै कृषि विकास राज्यमन्त्री राधिका तामाङले पुष्प व्यवसायले छलाङ मारेको बताउनुभयो । उहाँले यसले महिलाका लागि रोजगारीको राम्रो अवसर सिर्जना गरिरहेको धारणा राख्नु भयो ।

कृषि मन्त्रालयका सचिव उदयचन्द्र ठाकुरले पूmलको आयात कम गर्दै जानुपर्ने बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठले स्वदेशी उत्पादनको प्रयोग बढाउँदा मात्रै आयात कम गर्न सकिने बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter