दुई हजार तीन सयलाई खानेपानी वितरण

Drinking waterउदयपुर / २० मङ्सिर । उदयपुर जिल्लाको पूर्वी क्षेत्रको हँडिया गाविसमा झन्डै दुई हजार ३०० जनसङ्ख्याको लागि बृहत् खानेपानीको धारा वितरण गरिएको छ ।

रु तीन करोडको लागतमा निर्माण कार्य सुरु भएको उक्त खानेपानी योजनाको आइतबार नै उदयपुर क्षेत्र नम्बर ३ का सांसद तथा पूर्व सहरी विकासमन्त्री डा नारायण खड्काले औपचारिक रुपमा उक्त खानेपानी योजनाको उद्घाटन गर्नुभएको हो ।

सरकार र स्थानीय उपभोक्ताको समेत रु तीन करोडको आर्थिक लगानीमा उक्त खानेपानी योजना सञ्चालन भएको हँडिया खानेपानी योजना उपभोक्ता समितिका अध्यक्ष कुमार बस्नेतले बताउनुभएको छ ।

जमिनबाट बोरिङ प्रणालीको सहयोगले पानी निकालेर ट्याङ्कीमा जम्मा गरेर पानी वितरण कार्य सुरु भएको बताइएको छ ।

यसका लागि अहिले एउटा एक लाख लिटरको ट्याङ्की निर्माण भइसकेको र झन्डै ९० धाराबाट पानी वितरण भइरहेको अध्यक्ष बस्नेतले बताउनुभयो ।

अब बाँकी अर्को ट्याङ्की समेत निर्माण हुँदै गरेको र बाँकी ११० वटा धारा पनि निर्माण सम्पन्न हुन लागेको छ ।

यस क्षेत्रका वडा नम्बर ५, ६ र ७ तथा ९ का झन्डै दुई हजार ३०० जनताको लागि २०० धारा वितरण गर्न लागिएको उपभोक्ता समितिले बताएको छ ।

खानेपानी व्यवस्थापन पछि हँडियामा हिउँद तथा वर्षा जुनसुकै समयमा पनि पानीको समस्या नहुने उपभोक्ता समितिका अर्का सदस्य कृष्ण कार्कीले बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter