नाट्टाको स्वर्ण महोत्सवमा पर्यटन प्रवद्र्धन कार्यक्रम

nattaकाठमाडौँ, २४ मङ्सिर । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट (नाट्टा)को स्थापनाको पचास वर्ष पुगेको अवसरमा आज यहाँ पर्यटन प्रवद्र्धनका विभिन्न कार्यक्रम गरी स्वर्ण महोत्सव मनाइएको छ । नेपालको पर्यटनःराष्ट्रिय प्राथमिकताको उद्योग भन्ने नाराका साथ मनाइएको सो कार्यक्रममा विदेशबाट आएका ट्राभल तथा टुर व्यवसायी, पर्यटनविद्बीच पर्यटन बजार प्रवद्र्धनका लागि गोलमेच बैठक,पुरस्कार वितरणलगायतका कार्यक्रमको आयोजना गरियो ।

सो कार्यक्रमको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले मुलुकको समृद्धिमा पर्यटन क्षेत्रको ठूलो योगदान रहेको बताउँदै भन्नुभयो– “नपढेकाले हलो जोत्न छोडेको र पढेकाले थलो छाडेको अवस्थामा पर्यटन क्षेत्रको विकास गर्न चुनौती थपिएको छ ।”

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री इन्द्र बानियाले पर्यटन क्षेत्रको राम्रो सम्भावना रहेको बताउँदै त्यसको विकासका लागि व्यवसायी तथा विज्ञसँग सुझाव लिएर नीति बनाउनुपर्नेमा जोड दिनुभयो ।

पूर्व पर्यटनमन्त्री प्रदीप ज्ञवालीले देशको अर्थतन्त्रलाई बलियो बनाउनका लागि पर्यटन क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउँदै पर्यटनको विकासका लागि भौतिक संरचना तथा पूर्वाधारका साथै विमानस्थलको पनि विकास गर्न खाँचो रहेको औँल्याउनुभयो ।

नाट्टाका उपाध्यक्ष सिएन पाण्डेले पर्यटन क्षेत्रको प्रचार प्रसारका लागि विश्वव्यापी रुपमा प्रयास भइरहेको जानकारी गराउनुभयो ।

कार्यक्रममा यस वर्षको सगरमाथा अवार्ड पुराना पर्यटन व्यवसायी टेकचन्द्र पोखरेल तथा भाष्कर अवार्ड सुदर्शन ढकाललाई प्रदान गरिएको थियो । करिब एक हजार ट्राभल टुर व्यवसायीको छाता संगठनको रुपमा रहेको नाट्टा सन् १९६८ मा स्थापना भएको हो ।

त्यस्तै पर्यटन क्षेत्रको विकासमा योगदान पु¥याउने उद्योगी, व्यवसायी तथा नाट्टाका पूर्व अध्यक्षलाई समेत सम्मान गरिएको थियो । केही सञ्चारकर्मी तथा सञ्चार संस्थालाई पुरस्कार प्रदान गरिएको थियो । दैनिक पत्रिकाबाट सन्तोष पोखरेल, म्यागाजिनबाट नवीन काफ्ले, अनलाइन मेडियाबाट रामेश्वर कार्की तथा एबिसी टेलिभिजनलाई पुरस्कृत गरिएको थियो । पुरस्कारको राशि नगद रु २५ हजार तथा कदरपत्र रहेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter