• Monday, May 19, 2025

झापामा नयाँ ग्यास उद्योग सञ्चालनमा

new-gas-industryसुरुङ्गा (झापा), २५ मङ्सिर । रु १५ करोडको लागतमा झापामा आजबाट नयाँ ग्यास उद्योग सञ्चालनमा आएको छ ।

ऊर्जा सङ्कट भइरहेका बेला झापाको बिर्तामोड नगरपालिका–२ चारपानेमा अत्याधुनिक र सुविधासम्पन्न पाथीभरा ग्यास उद्योग सञ्चालनमा आएको हो ।

नेपाल सरकारले ग्यासबाट चल्ने गाडी आयात गरे पनि ‘हाइ–वे’मा ग्यासको स्टेन्ड राखेर ग्यास उपलब्ध गराउन सक्ने गरी ग्यास उद्योग सञ्चालनमा ल्याइएको उद्योगका प्रबन्ध निर्देशक लय भण्डारीले आज आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो । ५०० टन क्षमताको लक्ष्य राखेर उद्योग सञ्चालनमा ल्याइएको र आजमात्रै तीन हजार ५०० सिलिन्डर बजारमा पठाइसकेको अध्यक्ष एकराज उप्रेतीले जानकारी दिनुभयो ।

झापाका ऊर्जाशील व्यवसायीसँग सहकार्य गर्दै दुई बिगाहा क्षेत्रफलमा उद्योग सञ्चालनमा रहेको र उद्योगमा २५ जनाले प्रत्यक्ष रोजगार पाएको पत्रकार सम्मेलनमा बताइएको छ ।

अत्याधुनिक प्लान्ट निर्माण गरेर ग्यास उत्पादन सुरु गरिएको बताइएको छ । ५० हजार सिलिन्डर एकसाथ बजारमा पठाइने र ग्यासको अभाव हुँदा पनि मेची अञ्चलवासीलाई सहजरुपमा ग्यास उपलब्ध गराउने प्रतिबद्धतासहित हामीले ग्यास उद्योग सञ्चालनमा ल्याएका हौँ – उद्योगका प्रबन्ध निर्देशक भण्डारीले भन्नुभयो ।

पाथीभरा ग्यास उद्योगसँगै झापामा ग्यास उद्योगको सङ्ख्या चार पुगेको छ । मेची, पराजुली, कनकाई यसअघि सञ्चालनमा आएका ग्यास उद्योग हुन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter