• Sunday, May 18, 2025

गीताको ज्ञान बाँड्न जागरण कार्यक्रम

gitaकाठमाडौँ, २५ मङ्सिर । हिन्दू धर्मावलम्बीको धार्मिक ग्रन्थ ‘गीता’ को प्रादुर्भाव भएको मार्गशीर्ष एकादशीका दिन आज विभिन्न जागरणमूलक कार्यक्रम गरी मनाइएको छ ।

जियर शैक्षिक संस्था विकास तरङ्गिणीले आज पशुपतिक्षेत्रस्थित शङ्कराचार्य मठमा आयोजना गरेको प्रवचन, विद्यालयका विद्यार्थीबीच हाजिरीजवाफ र पाठपारायण कार्यक्रम आयोजना ग¥यो ।

सो अवसरमा चार वेदको भाव र सार समेटिएको गीता दर्शनका विविधपक्षमा प्रा डा दीर्घराज घिमिरे, स्वामी १००८ देवराज आचार्य र त्रिभुवन विश्वविद्यालय संस्कृत विभागका उपप्राध्यापक जनार्दन घिमिरेले प्रवचन गर्नुभयो ।

गीताका विषयमा प्रवचन गर्दै विद्वानहरुले ज्ञानको खानी गीता मानव जीवनलाई मोक्षमा पु¥याउने मार्ग भएको विश्लेषण गर्नुभयो । वैदिक ज्ञान भावी पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको संस्थाका अध्यक्ष एवम् सरकारका पूर्वसचिव वामनप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

“पूर्वीय दर्शनका धेरै ज्ञान पुस्तान्तर हुन नसकेकाले लुप्तप्रायः भए, गीता दर्शन भावी पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो”– उहाँले भन्नुभयो ।

पाँच हजार १२५ वर्षअघि मार्ग शुक्ल एकादशीका दिन कौरव र पान्डवबीचको महाभारत युद्धको समय पारेर विष्णुको आठौँ अवतारका रुपमा पृथ्वीमा जन्म लिनुभएका कृष्णले अर्जुनमार्फत् कुरु क्षेत्रमा गीताको ज्ञानको पुनर्जागरण गरेको धार्मिक विश्वास छ ।

चार वेदका एक हजार १३१ शाखामध्ये हाल १२ वटामात्र अस्तित्वमा रही अरु लोप भएजस्तो गीताको ज्ञान लोप नहोस् भनी जनचेतनाका लागि कार्यक्रम आयोजना गरिएको संस्थाका उपाध्यक्ष कुमार अधिकारीले जानकारी दिनुभयो ।

“ऋग्वेदका २१ शाखामध्ये हाल दुई, यजुर्वेदका १०१ शाखामध्ये चार, सामवेदका एक हजार शाखामध्ये चार, अथर्ववेदका नौ शाखामध्ये दुई शाखामात्र हाल उपलब्ध छन्, अरु लोप भइसके, गीताले पनि यस्तै नियति भोग्नु नपरोस् भनी जनजागरण कार्यक्रम आयोजना गरिएको हो”– उहाँले भन्नुभयो ।

संस्थाले सात वर्षअघिदेखि मोक्षदा एकादशीका दिन गीता जयन्ती मनाउँदै आएको सो अवसरमा जानकारी गराइयो । गीता जयन्तीकै अवसरमा नीलकण्ठ गोसाइँकुण्डधामले आज चक्रपथमा गीता शोभायात्रा एवम् रथयात्रा गरेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter