• Monday, May 19, 2025

जलविद्युत्मा संयुक्त लगानी गर्न बङ्गलादेशको प्रस्ताव

hydropower projectरमेश लम्साल / काठमाडौँ, २५ मङ्सिर । बङ्गलादेशले नेपालको ऊर्जा क्षेत्रमा संयुक्त लगानी गर्ने प्रस्ताव गरेको छ ।

पन्ध्र हजार मेगावाट क्षमताको उत्पादन पु¥याएको अवसरमा बङ्गलादेशको राजधानी ढाकामा आयोजित विशेष समारोहमा सहभागी हुन बङ्गलादेशको भ्रमण गर्नुभएका ऊर्जा मन्त्री जनार्दन शर्मासँगको भेटमा सो प्रस्ताव गरिएको हो ।

ऊर्जा क्षेत्रमा संयुक्त लगानी गर्ने वा नेपालमा उत्पादित विद्युत्लाई ऊर्जा बिक्री कम्पनीमार्फत खरिद गर्ने वा अन्य कुनै विकल्प अपनाउने भन्ने बारेमा समेत संयुक्त कार्यदल बनाएर छलफल गर्ने प्रस्ताव बङ्गलादेशले गरेको छ ।

बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले ऊर्जा राज्यमन्त्री नसरुल हमिदलाई समेत साथै राखेर ऊर्जा मन्त्री शर्मासँग संयुक्त लगानीका विभिन्न उपायहरु खोज्न र दुवै मुलुक एक आपसमा मिलेर जलविद्युत् आयोजनामा लगानी गर्ने विषयमा छलफल गर्नुभएको मन्त्री शर्माले जानकारी दिनुभयो ।

नेपाल र बङ्गलादेशबीच जलविद्युत्मा लगानी गर्ने विषयमा समझदारी पत्रमा हस्ताक्षर नै गरेर प्रक्रिया सुरु गर्ने तयारी धेरै पहिलेदेखि भए पनि काम भने अगाडि बढ्न सकेको थिएन । प्रधानमन्त्री हसिना र ऊर्जामन्त्री शर्माबीचको भेटवार्तामा उक्त समझदारीपत्रमा हस्ताक्षर गरेर अगाडि बढ्ने विषयमा समेत कुराकानी भएको भेटमा सहभागी ऊर्जा मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरेले जानकारी दिनुभयो ।

“बङ्गलादेश नेपालबाट विद्युत् खरिद गर्न, संयुक्त लगानी गर्न वा जुनसुकै विधिबाट पनि संयुक्त रुपमा काम गरौँ भन्ने सकारात्मक धारणाका साथ आएको छ, यसले हामीलाई थप उत्साहित बनाएको छ”–ढाकाबाट फर्केपछि कुरा गर्दै मन्त्री शर्माले भन्नुभयो, “आगामी एक महिनाभित्रै समझदारीपत्रमा हस्ताक्षर गरेर प्रक्रिया अगाडि बढाउने सोचाइमा मन्त्रालय रहेको छ ।” मन्त्री शर्माले यही मङ्सिर २२ देखि २४ सम्म बङ्गलादेशको भ्रमण गर्नुभएको थियो ।

बङ्गलादेशमा ऊर्जाको माग अत्याधिक रहेको र पछिल्लो सात वर्षमा दश हजार मेगावाट विद्युत् उत्पादन गरेको अनुभवले पनि संयुक्त रुपमा काम गरौँ भन्ने प्रस्ताव गरेको मन्त्री शर्माको भनाइ छ ।

नेपाल र बङ्गलादेशबीच सरकार–सरकार (जि टु जी) संयुक्त लगानी गर्ने वा निजी क्षेत्रले लगानी गर्ने वा विद्युत् व्यापार कम्पनीमार्फत विद्युत् खरिद गर्ने भन्ने विषयमा भने पछि नै टुङ्गो लाग्नेछ । समझदारीपत्रमा हस्ताक्षर गर्न विगत तीन वर्षपहिले नै बङ्गलादेशले आग्रह गरेपनि प्रक्रिया अगाडि बढ्न सकेको थिएन ।

लगानीका विभिन्न सम्भावनाका बारेमा द्विपक्षीय छलफल गर्न बङ्गलादेशी ऊर्जा राज्यमन्त्री हमिदलाई नेपाल भ्रमणको निम्तासमेत दिइएको छ । समझदारीपत्रका बारेमा अर्थ, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले समेत स्वीकृति दिएकाले एक साताभित्रै बङगलादेश पठाउने तयारी गरिएको छ ।

प्रसारण लाइनका विषयमा नेपाल, भारत र बङ्गलादेशबीच त्रिपक्षीय बैठकको आयोजना गरेर सहमति खोज्न सकिनेमा समेत दुई मुलक (नेपाल र बङ्गलादेश)सहमत भएका छन् ।

“कुटनीतिक वा संयुक्त संयन्त्रमार्फत छलफल गर्न सकिन्छ, इच्छा भए सबै विषयमा सहमति कायम गरेर काम गर्न सकिन्छ भन्नेमा हामी विश्वस्त छौँ”–ऊर्जा मन्त्री शर्माले भन्नुभयो ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को १९ औँ शिखर सम्मेलनको क्रममा काठमाडौँमा भएको सहमतिअनुसार पनि ऊर्जा क्षेत्रमा लगानीका अवसर सिर्जना हुन सक्ने देखिन्छ । ‘सार्क इलेक्ट्रिकल फ्रेम एग्रिमेन्ट’अनुसार पनि नेपाल, भारत, बङ्गलादेशबीच विद्युत् आदानप्रदान तथा संयुक्त व्यापार गर्न सकिन्छ ।

नेपाल र भारतबीचमा रहेको सचिव र सहसचिवस्तरीय संयन्त्र जस्तै बङ्गलादेशसँग पनि सोही खालको संयन्त्र बनाउन सकिने प्रस्ताव गरिएको छ ।

सहसचिव घिमिरेले संयुक्त रुपमा काम गर्ने विषयमा बङ्गलादेशले चासो व्यक्त गरेको र केही समयभित्रै प्रक्रिया सुरु हुने बताउनुभयो । एकाध वर्षमा बङ्गलादेशले जलविद्युत् उत्पादनमा गरेको प्रगति नेपालको लागि पनि अनुकरणीय हुन सक्ने भन्दै सहसचिव घिमिरे आगामी एक महिनाभित्र समझदारीपत्रमा हस्ताक्षर हुने बताउनुहुन्छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter