• Wednesday, May 21, 2025

लघुवित्तले बनायो महिलालाई करोडपति

Women Enterpriseयुवराज पाण्डे / बनेपा, २६ मङ्सिर । चरम आर्थिक सङ्कटबाट जीवनयापन गरेका महिलाको जीवनमा एकाएक परिवर्तन भएको छ । रु ५०० का लागि कसैले नपत्याएकी बनेपा–६ की अनुष्का श्रेष्ठ अहिले करोडपति बन्नुभएको छ ।

छिमेक लघुवित्त विकास बैंकको शनिबार बनेपामा भएको १२औँ एकाइ भेलामा आफ्नो सफलताको कारण सुनाउँदै उहाँले भन्नुभयो – “आज मसँग रु एक करोडभन्दा बढीको सम्पत्ति छ ।”

परिवारमा समेत कुनै सहयोग नपाएर माइती पक्षका भाइ र बुबाको हस्ताक्षरमा ऋण लिएर व्यवसाय सुरु गर्नुभएकी श्रेष्ठले भन्नुभयो – “पहिले मेरो श्रीमान्ले पनि वास्ता गर्नुभएन तर अहिले सबै कुरामा सहयोग गर्नुभएको छ ।” अहिले पसल पनि चलाएको छु र १८ आना जग्गा पनि किनेको छु – श्रेष्ठले भन्नुभयो ।

उहाँले सो विकास बैंकबाट सुरुमा रु १५ हजार, त्यसपछि रु २० हजार र क्रमशः लाखौँ कर्जा लिएर व्यवसाय सुरु गरेपछि उहाँको जीवनमा सो परिवर्तन आएको हो ।

उहाँजस्तै एक किलो गहुँको पिढोले छाक टारेकी धुलिखेल नगरपालिका–६ की सुमित्रा बानियाँ अहिले लखपति हुनुभएको छ ।

बिहान के खाउँ, बेलुका के खाउँ भन्ने चरम दुःख पाउनुभएकी उहाँले भन्नुभयो – “कैयौँ रात त भोकै पनि बसियो ।”

बानियाँले ऋण लिएको रकम सदुपयोग गर्न सुझाव दिँदै जीवनमा ठूलो आर्थिक परिवर्तन भएको सुनाउनुभयो ।

पनौतीकी लक्ष्मी सापकोटाले यो लघुवित्तले दुःख पीडा भुलाउने काम गरेको उल्लेख गर्दै अहिले मसँग गाडी पनि छ जग्गा पनि किनेको छु भन्नुभयो ।

छिमेक लघुवित्त विकास बैकले स्थापनाकालदेखि नै महिलाको आर्थिक जीवनसँग जोडेर कार्यक्रम सञ्चालन गरिरहेको छिमेक लघुवित्त विकास बैंकका अध्यक्ष भुवनेश्वरी पन्तले बताउनुभयो ।

बैंकका कार्यकारी निर्देशक रामचन्द्र जोशीले लघुवित्त विकास बैंकले २० प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने जानकारी दिँदै ब्याज घटाउने विषयमा छलफल भइरहेको बताउनुभयो । बैंकका नायब महाप्रन्बधक शोभा मिश्रले बैंकका कारण महिलाको आर्थिक सशक्तीकरणसँगै नेतृत्व विकास पनि भएको बताउनुभयो ।

छिमेक लघुवित्त विकास बैंक बनेपाका प्रबन्धक रामकृष्ण पाण्डेले महिलालाई लक्षित गरेर कृषि, पशुपालनलगायतका क्षेत्रमा लगानी भएको बताउनुभयो ।

सो अवसरमा उत्कृष्ट काम गरेबापत पहिलोलाई रु चार हजार, दोस्रोलाई रु तीन हजार, तेस्रोलाई रु दुई हजार, चौथोदेखि छैठौँलाई रु एक हजार, सातौँदेखि दशौँलाई रु ५०० का दरले पुरष्कृत गरिएको थियो भने १० समूहका विपन्न सदस्यका छोराछोरीलाई पढाउनका लागि रु दुई हजार ४०० का दरले छात्रवृत्ति प्रदान गरिएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter