पुष्पालाई सिएनएन सुपर हिरोको उपाधि प्रदान

pushpaवासिङ्टन डिसी, २७ मङ्सिर । नेपालकी पुष्पा बस्नेतले अमेरिकाको प्रतिष्ठित समाचार संस्था सिएनएनले प्रदान गरेको सिएनएन सुपर हिरोको उपाधि प्राप्त गर्नुभएको छ ।

अमेरिकामा आइतबार साँझ आयोजित कार्यक्रममा सन् २०१२ को सिएनएन हिरोको उपाधि प्राप्त गर्नुभएकी पुष्पालाई सुपर हिरो २०१६ को उपाधि दिइएको हो ।

उहाँलाई जिताउन मत अभियान चलाइ रहनुभएका युवा अभियानकर्मी गौरव कँडेलले सो जानकारी गराउनुभएको हो ।

काठमाडौँमा बाल विकास केन्द्र सञ्चालन गर्दे आउनुभएकी बस्नेतले अभिभावकको साथमा जेल जीवन बिताइरहेका बालबालिकालाई शिक्षा, स्वास्थ्य, खानालगायतको सुविधा प्रदान गर्दै आइरहनुभएको छ । उपाधि पाएपछि आफ्नो प्रतिक्रियामा पुष्पाले भन्नुभएको छ, सबैभन्दा महत्वपूर्ण कुरा तपाई आफ्नो कामलाई विश्वास गर्नुहोस् र धैर्य गर्नुहोस् । उहाँले अगाडि थप्नु भएको छ, मेरो सपनालाई सार्थक बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ।

योसँगै पुष्पाले आफूले सञ्चालन गरिरहनुभएको कामको लागि ५० हजार डलर पनि प्राप्त गर्नुहुनेछ । सिएनएन हिरो छनोटको एक दशकको अवसरमा सिएनएन सुपर हिरो छनोट गरिएको हो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter