• Thursday, May 01, 2025

सिँचाइ आयोजनाले आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान दिने

irrigationदाङ, २९ मङ्सिर । सिँचाइमन्त्री दीपक गिरीले बृहद् दाङ सिँचाइ योजनाले दाङको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान दिने बताउनुभएको छ ।

आज यहाँ बृहद् दाङ उपत्यका सिँचाइ योजना कार्यालयको उदघाटन गर्दै उहाँले योजना सञ्चालनमा आएपछि जिल्लाको एक लाख विघा क्षेत्रफल जग्गामा सिँचाइ सुविधा पु¥याउन सकिने बताउनुभयो ।

सो अवसरमा मन्त्री गिरीले संविधान कार्यान्वयन गर्न सबै दल मिल्नुको बिकल्प नरहेको विचार व्यक्त गर्नु भयो । अहिले मुलुक बनाउन एकताको खाँचो रहेको संविधान कार्यान्वयन भएपछि मात्र देशले आर्थिक रुपमा फड्को मार्न सक्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा सांसद बुद्धिराम भण्डारी, डिल्लीबहादुर चौधरी, अनिता देवकोटा, अनारकली मियाँ र प्रजिअ दीपक काफ्लेले सिँचाइ आयोजनालाई सफल बनाउन सबै सक्रिय हुनुपर्ने बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter