नेउवामहासङ्घको हुलाक टिकट सार्वजनिक

FNCCIकाठमाडौँ, ४ पुस । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले नेपाल उद्योग वाणिज्य महासङ्घको प्रतीकचिह्नअङ्कित हुलाक टिकट आज सार्वजनिक गर्नुभएको छ ।

यहाँ आज महासङ्घको स्वर्ण महोत्सवका उपलक्ष्यमा हुलाक सेवा विभागद्वारा आयोजित कार्यक्रममा मन्त्री कार्कीले रु १० को उक्त टिकट सार्वजनिक गर्दै टिकट प्रकाशनको पहिलो टाँचासमेत लगाउनुभयो ।

सो अवसरमा उहाँले सरकार र निजी क्षेत्रले एकार्कालाई सहयोग गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले अहिलेको सङ्क्रमणकाललाई परिपक्क तरिकाले बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले व्यवस्थापनको अभावले देश गरिब भएको तर्फ पनि ध्यानाकर्षण गराउनुभयो ।

कार्यक्रममा सञ्चार मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले सरकार निजी क्षेत्रसँग साझेदारी र सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

विभागका महानिर्देशक सुरेश अधिकारीले महासङ्घले देशको आर्थिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै हुलाक टिकट प्रकाशन गरिएको बताउँदै मुलुकको आर्थिक विकासमा सहयोग पु¥याउने अन्य संस्थाको पनि हुलाक टिकट क्रमशः प्रकाशन गरिने जानकारी गराउनुभयो । सो टिकट सन् २०१७ मा बजारमा ल्याइने छ ।

कार्यक्रममा महासङ्घका अध्यक्ष पशुपति मुरारकाले हुलाक टिकट प्रकाशन गरेर सरकारले महासङ्घको एकचालिस वर्षको इतिहास र गरिमालाई बढाएको बताउनुभयो । महासङ्घका वरिष्ठ उपाध्यक्ष भवानी राणा, हुलाक टिकट सङकलन सङ्घका अध्यक्ष शङ्कर श्रेष्ठलगायतले सरकारले निजी क्षेत्रको टिकट प्रकाशन गरेर राम्रो काम गरेको बताउनुभयो ।

करिब २० लाख प्रति छापिएको टिकट ३५ मिलिमिटर×४५ मिलिमिटरको आकारको छ । विभिन्न पाँच रङमा रहेको उक्त टिकट इन्डोनेसियामा छापिएको हो । टिकटको डिजाइन पूर्णकला लिम्बूले गरेकी हुन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter